अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

नेपाल अझैं पनि लगानीका हिसाबले भर्जिन नै छ- कैलाश राज पोख्रेल (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असार ३१ गते ८:४० मा प्रकाशित

अमेरिकाका लागि नेपाली राजदूतावासका ईकोनोमिक काउन्सलर कैलाश राज पोख्रेलले नेपाल अझै पनि लगानीका हिसाबले भर्जिन नै रहेको बताएका छन् । अमेरिकाको कोलोराडो राज्यको वेष्टमिनिस्टर सहरको याक एन्ड एती रेस्टुरेन्टमा हिजो शुक्रवार साँझ कार्यक्रम सम्पन्न भएको छ । रक्की माउण्टेन फ्रेण्डस् अफ नेपाललले आयोजना गरेको नेपालमा व्यापार तथा लगानी बढाउने अवसर बिषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै पोख्रेलले सो कुरा बताएका हुन् । 
नेपाल अमेरिका व्यापारिक सम्बन्ध र लगानी बिस्तारका विषयमा राखिएको छलफल कार्यक्रममा विशेष अतिथिका रूपमा रहेका पोख्रेलले नेपालललाई अमेरिकाले व्यापारिक क्षेत्रमा गरेका महत्त्वपूर्ण सहयोगको जानकारी गराए । भर्खरै मात्र अमेरिकाले नेपाली दूतावाससँग गरेका व्यापारिक सम्झौता लगायतका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा लोड सेडिङ हटेको, छिमेकी राष्ट्र चिन र भारत जस्ता ठुला देशको बिचमा भएको हाम्रो देशले बजारको लागी टाढा जानु नपर्ने खुल्ला व्यापार नीति रहेको भन्दै अहिले सबै क्षेत्रमा लगानीको वातावरण बनेको छ भन्दै सबैलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । 

विगत २५ वर्ष देखी नेपाल सरकारका तर्फबाट व्यापारिक मामिला हेरिरहेका पोख्रेल यस अघि वासिङटन डिसी स्थित विश्व बैङ्क, संयुक्त राष्ट्र सङ्घ लगायतमा कार्यरत थिए ।  हाल अमेरिका स्थित नेपाली दूतावासमा ईकोनोमिक काउन्सलरका रूपमा कार्यरत छन् । हाल नेपाल अमेरिका बिचमा भई रहेका व्यापार सम्बन्ध र अमेरिकि लगानीलाई कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमाथि भएको प्रस्तुतिमा उपस्थितहरु र पोख्रेलबिच छलफल स्वरूप घारणा राखिएको थियो । 

कार्यक्रममा बोल्दै पोख्रेलले नेपाल अमेरिकाको व्यापारिक सम्बन्ध १९६० देखी हाल सम्म पनि मजबुत रहदै आएको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सूचीमा नेपाल परेकाले नेपालले ५ सय मिलियन अमेरिकी डलर नेपालको विकासका लागि अनुदान पाउने निर्णय भर्खरै भएको जानकारी दिएका थिए । साथै उनले सो रकम नेपालको ट्रान्सपोटेसन र सडक सुधार र विकासमा लगानी गर्ने योजना रहेको बताएका थिए । 

त्यस्तै पोख्रेलले नेपालमा गएको महाभुकम्प पीडितका लागि अमेरिकाले उल्लेखनीय सहयोग गरेको र अहिले पनि सो सहयोग आउने क्रम जारी रहेको बताए । महाभुकम्प गएपछि अमेरिकाले नेपालमा उत्पादन हुने ६६ प्रकारका सामानमा भन्सार छुट दिएको छ । त्यसैले नेपालमा लगानी गरेर गुणस्तिरिय सामान उत्पादन गरी अमेरिका ल्याएर बेच्न सकिने सुनौलो अवसर रहेको कुरा बताए । 

अर्को महत्त्वपूर्ण काम व्यापारिक क्षेत्रमा अन्य मुलुकको भए हरेक एक एक वर्षमा रिन्यु गर्नुपर्ने तर नेपाल र नेपालीले गरेको लगानी र कम्पनीले १० वर्षमा मात्र रिन्यु गर्न पाउने व्यवस्था लागु हुने जानकारी पनि दिए ।

ईकोनोकिम काउन्सलर पोख्रेलसँग कार्यक्रममा सहभागीहरू धर्मराज श्रेष्ठ, विजय घिमिरे, तिर्थ बर्मा, डिल्ली अधिकारी, योग प्रसाद श्रेष्ठ, जगदिश ढकाल, हरि अधिकारी तथा टिका पौडेलले व्यापार क्रममा आफूलाई परेको अप्ठ्यारा, गुनासा र राजदूतावासले गर्ने पहलबारे प्रश्नात्मक रूपमा आफ्ना बिचार राखेका थिए भने पोख्रेलले ती चासो र प्रश्नका जवाफ दिएका थिए । उनले अमेरिकी सरकार र नेपाल सरकार बिच मात्र नभई अमेरिकाका प्राइभेट कम्पनी र नेपालका प्राइभेट कम्पनीहरुबिच पनि व्यापारिक सहकार्य गर्न सकिने लगायतका प्रकृयामाथी छलफल भईरहेको बताए । 

कार्यक्रम आयोजक संस्ठा, रक्की माउण्टेन फ्रेण्डस् अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने उक्त संस्थाकै कल्चलर सेक्रेटरी बिबिसा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन । कार्यक्रममा एनआरएन केन्द्रीय समितिका उपाध्यक्ष राम सी पोख्रेलले एनआरएन नेपालमा लगानी गर्न सधैँ तत्पर रहेको छ । तर, सरकारले गरेको बाचाहरु पुरा गर्न नसकेको कारण ठुला लगानीकर्ताहरुले ठुक्क भएर लगानी गर्न नसकेको बताए  ।  सो अबसरमा नेपाल बार एसोसियसनका महासचिव खम्व बहादुर खाँतीले एनआरएनलाई नेपालमा लगानीको वातावरण बनाउन दोहोरो नागरिकताको नीति तुरुन्त लागु गर्नुपर्ने भन्दै लगानी सुरक्षित र सुनिश्चत गर्न नेपाल वारले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको प्लेन लेट भएकोले उनी कार्यक्रमको अन्त तिर मात्र आइपुगेका थिए । कार्यक्रममा एनआरएन सिकागो च्याप्टरका सचिव सत्य चौधरी लगायत अमेरिकामा विभिन्न व्यवसायमा लगानी गरिरहेका नेपालीहरू, सङ्घ संस्थाका पदाधिकारी, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

last 3 Photos by: Natibabu Bhatta

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू