अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

फिलिपिन्समा हुने ‘म्यान अफ द वर्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने

बिआरटीनेपाल २०७४ असार ३१ गते ७:२८ मा प्रकाशित

काठमाडौँ – फिलिपिन्समा यही १९ देखि २९ जुलाईसम्म आयोजना हुने पुरुषहरुको सौदर्य प्रतियोगिता ‘म्यान अफ द वर्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन् । क्यानडा, ब्राजिल, अस्ट्रेलिया, सिंगापुर लगायत ३५ देशका युवाहरूको सहभागिता रहने र १० दिनसम्म प्रतियोगिता पिइइपिएस फाउन्डेसनले आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि चन्द सोमबार मध्यान्न फिलिपिन्स उड्दै छन् ।

‘मिष्टर नेपाल २०१७’का थड रनर अप समेत रहेका चन्दलाई प्रतियोगितामा अवतार इन्टरनेशनलले पठाउन लागेको हो । बौद्धिकता र जिम्बेवारीको आधारमा समेत विजेता छानिने प्रतियोगितामा चन्दले नेपाली कला संस्कृति सहित सहभागी जनाउन लागेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।

नेपाली पहिरन र भेषभुषा समेत कार्यक्रममा आफूले प्रस्तुत गर्ने चन्दले बताए । प्रतियोगिताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् । नेपालको युवालाई विभिन्न अवसरको ढोका खेल्ने विश्वासका साथ चन्दलाई प्रतियोगितामा सहभागीका लागि पठाउन लागेको अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताए । यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व यो पहिलो हो ।

प्रतिक्रिया