अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

नेपालका ग्रामिण भेगमा सञ्चारले प्रदान गरेको सुविधा माथि चलचित्र ‘सञ्चारको संसार’ ( हेर्नुस् चलचित्र)

बिआरटीनेपाल २०७४ असार ३० गते ५:२६ मा प्रकाशित

हाँस्यकलाकर शिवहरी पौडेल, सुरबिर पण्डित, किशोर भण्डारी र रेश्मा तिमिल्सीना पशुपतिमा भेटिएका छन् । उनीहरू एक आपसमा कुरा गरिरहेको देखिएका छन् । खासमा उनीहरूको यो भेट एउटा छोटो चलचित्रले जुराईदिएको हो । चलचित्रको नाम हो ‘सञ्चारको संसार’ । नेपाल टेलिकमको जानकारीमुलक छोटो चलचित्र ‘सञ्चारको संसार’ सार्वजनिक भएको छ । शुभ मिडिया होमको निर्माण र नेपाल टेलिकमको प्रस्तुति रहेको चलचित्रमा नेपाल टेलिकमको सेवाहरूको बारेमा जानकारी दिइएको छ ।

स्थापनाकालदेखी हालसम्म नेपाल टेलिकमले सञ्चारको क्षेत्रमा पु¥याएको योगदान र टेलिकले नेपाली जनतालाई दिएको सेवाको सम्बन्धमा छोटो चलचित्रमा स्पष्ट पारिएको चलचित्रका निर्देशक सरोज ओलीले जानकारी दिए । चलचित्रमा टेलिकमको बिकासक्रम र टेलिकमले जनतालाई पु¥याएको फाईदाहरुलाई कलात्मक र रोमान्चक शैलीमा देखाईएको छ । चलचित्रमा चिठ्ठी पठाउने कालको दुःख देखी फोन, मोबाइल, इन्टरनेट हुदैँ अहिलेको फोर जी सेवाले दिएको सुख र सुविधाको बारेमा स्पष्ट पारिएको छ ।

राजु पौडेल र मरिचमान श्रेष्ठको कथामा बनेको चलचित्रलाई नेपाल टेलिकमले निर्माण गरेको हो । चलचित्रमा कमलमणी नेपाल, शिवहरी पौडेल, सुरबिर पण्डित, किशोर भण्डारी, शिवहरी आचार्य, नीरज नेपाल, रोशनी सापकोटा, रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा देखिएको सुन्दर दृश्यलाई सुदिप बरालले खिचेका हुन् ।

हेर्नुस्  चलचित्र

 

 

प्रतिक्रिया