अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

‘लङ आईल्यान्ड नेपलिज सोसाईटी न्युयोर्क’को नयाँ कार्यसमितीको पदभार ग्रहण तथा स्मारिका बिमोचन सम्पन्न

बिआरटीनेपाल २०७४ असार ३० गते ४:४३ मा प्रकाशित

अमेरीकाको न्युयार्क स्थित लंग आईल्यान्डमा बस्ने करिब ६०० नेपालीहरुको छाता संगठन लंग आईल्यान्ड नेप्लिज सोसाईटीको नयां कार्यसमितीको पदबहार तथा सपथ ग्रहण यहि जुलाई १२, २०१७ मा सम्पन्न भएको छ। निबर्तमान समिती (२०१५-२०१७)का लागि अध्यक्ष दुर्गेश कार्कीले गत मे २२ मा निर्बाचित समितीको (२०१७-२०१९) अध्यक्ष टिका ढकाललाई बधाई सहित कार्यबहार हस्तान्तरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथी सुपर लयर तथा गैर आबासिय नेपाल समाजका कानुनी सल्लाहकार खगेन्द्र जिसी ज्युले सम्पुर्ण नबनिर्बाचित कार्यसमितीका सदस्यहरुलाई प्रमाण पत्र बितरण गर्नुको साथै २०१० देखि हालसम्मको संस्थाको गतिबिधी समेटेर तयार पारिएको स्मारिका ब्यापक दर्शकहरुको उपस्थितीमा बिमोचन गर्नु भएको थियो। 

 प्राप्त जानकारी अनुसार नब निर्बाचित अध्यक्ष टिका ढकाल २००८ देखि हिक्सभिल न्युयोर्कमा बसेर बिभीन्न सामाजिक काम र कार्यक्रमा संगलग्न हुदै निबर्तमान समितीमा समेत उपाध्यक्ष हुनुभएको थियो। त्यस्तै उपाध्यक्षहरु कल्पना थापा र बसन्त चापागाई दुबैजना निबर्तमान कार्यसमितीमा सकृय भुमिका निर्बाह गरिसक्नु भएकोछ। त्यसैगरी महासचिब राजन गौली पनि २००८ देखि हिक्सभिल लंग आईल्यान्डमा बसी समुदायमा सकृय रहनुको साथै बिगतमा बिभीन्न संघ सस्था, र शैक्षिक क्षेत्रमा संगलग्न रहि अनुभब लिनुभएको ब्यक्तित्व हुनुहुन्छ। कार्यसमितीको सचिबमा शंकनारायण प्रजापति, कोषाध्यक्षमा रन्जित गौली, र सदस्यहरुमा शोभा श्रेष्ठ, राज श्रेष्ठ, जंग पाल, युबराज लम्साल, सुरज गैरे, हेमन्त शिंह, रमेश केसी र बाबुराम शर्मा हुनुहुन्छ।   

कार्यक्रममा  प्रमुख अतिथी खगेन्द्र जिसी, अन्तराष्टिय रक्दान अभियन्ता अर्जुन प्रसाद मैनाली, जनसम्पर्क समिती लंग आई ल्यान्ड च्याप्टरका सभापति बिस्व बास्तोला र पन्डितदय पिपलमणि सिंगदेलहरुले नयांकार्य समितीलाई सल्लाह , सुझाब सहित शुभकामना दिनु भएको थियो भने सन्चालन महासचिब परमानन्द खनाल र सभापतित्व अध्यक्ष दुर्गेश कार्कीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू