अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

कोलोराडोमा हुने ‘संखुवासभा समाज अमेरिका’को अधिवेशन उद्घाटन राजदुत कार्कीले गर्ने

बिआरटीनेपाल २०७४ असार ३० गते ४:१६ मा प्रकाशित

अमेरीकाका लागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्की ले जुलाई १५ सनिबारका दिन एक समारोह बिच संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्ने भएका छन् ।  संस्थाका अध्यक्ष शान्ति श्रेष्ठका अनुसार कोलोराडो स्थित ¥याडीसन होटलमा राजदुत कार्कीले नेपालको संखुवासभा जिल्लाबाट अमेरीकाको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसए दोश्रो अधिवेसनको उद्धाटन गर्ने भएका हुन् ।

संखुवासभामा जन्मेर हाल अमेरीकामा रहेका नेपालीहरु बिच एक आपसमा समन्वय, सद्भाव तथा सहयोग आदान प्रदान गर्ने र मातृ भुमीको बिकासको लागी एकजुट हुने संस्थाको उद्धेश्य रहेको छ । संस्थाको यस अधिवेसनबाट नया कार्यसमिती चयन गर्ने कार्यक्रम रहेको संस्थाका सचिव हरिकुमार श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा भागलिन अमेरीकाको टेक्सास, क्यालिफोर्निया, भर्जिनिया लगायत बिभिन्न स्टेडबाट मनिसहरु आउने तयारी भएको बताईएको छ ।

राजदुत कार्किको कोलोराडोमा सुक्रबार देखि आईतबार साझ सम्म रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल द्धारा आयोजित समर पिकनिक लगायत बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा भागलिने कार्यक्रम रहेको बताईएको छ ।

 

प्रतिक्रिया