अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

गायिका शुशिला पाठकको गीति एल्बम “सप्तरंगी” भिडियो सहित लोकार्पण 

बिआरटीनेपाल २०७४ असार २९ गते २०:५७ मा प्रकाशित

पछिल्लो समय चर्चाको शिखर टेक्दै गरेकी नायिका जस्ती सुन्दरी गायिका शुशिला पाठकको पहिलो गीति एल्बम ‘सप्तरंगी’ को एक भव्य समारोह बिच काठमाडौँमा बिमोचन गरिएको छ । अतिथिहरु बरिष्ट गायिका मिरा राणा, सङ्गीतकार शिला बहादुरमोक्तान, चर्चित गायिका कुन्ती मोक्तान, संचारकर्मी शान्ति प्रिय, कलाकार निर्मल शर्मा, गायिका सुक्मित गुरुङ तथा निर्देशक लब कार्कीकोबिसेष उपस्थितमा सम्पन्न बिमोचन समारोहमा अन्य धेरै गायक गायिका,कलाकार तथा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

उक्त एल्बम बिमोचन कार्यक्रममा सम्पूर्ण अतिथिहरुले गायिका शुशिला पाठकको पहिलो एल्बम ‘सप्तरंगी’ को प्रशंसा गर्दै उनको गीत गाउनेशैली देखि शब्द पद्धतिसम्म एकदमै राम्रो भएको र जादुमय स्वर तथा उत्कृष्ट सङ्गीतले सजिएको यस एल्बमले चाडैनै साङ्गीतिक फाटमा बेग्लैपहिचान बनाउन सक्ने र नेपाली गीत सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने कुरामा विश्वस्त हुँदै उनको एल्बमको समीक्षा गरेका थिए र सम्पूर्ण उपस्थितहरुले गायिका शुशिला पाठकलाई शुभकामना बधाई पनि दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू