किन बनाउंछन् प्यानल अमेरिकाका एनआरएनका उमेद्बारहरु- राम लामा अविनाशी

२०३६ सालमा जुलुसमा गएर कराउदा सुकेको घाँटी सम्झिदा अहिले पनि घुटुक्क पानी पिउन मन लाग्छ । सरकारी गाडी र सरकारी भवन तथा पञ्चेहरुका घरका सिसा तोड फोड गर्दा दुखेका पाखुरा सम्झिंदा अहिले पनि पाखुरामा मालिस गर्न मन लाग्छ । २०४६ सालमा जुलुसमा भिड्दा प्रहरीसँगको दोहोरो भिडन्तमा आफ्नै अगाडिको मान्छे प्रहरीको गोली लागेर छटपटाउदै थियो । अहिले सम्झिंदा जिउ नै सिरिङ्ग हुन्छ । देशमा प्रजातन्त्र ल्याउदा शहीद हुनु परे हुला भन्ने फुर्ती गरिन्थ्यो । अगाडिको मान्छेलाई गोली लाग्दा आफू भागीयो । म मात्र होइन हजारौँका सङ्ख्यामा रहेका सबै प्रदर्शनकारी भागे । केही बेरमा कर्फु लाग्यो । अन्तत केही महिना पश्चात् देशले प्रजातन्त्र पायो । हाल अमेरिकामा बस्ने अधिकांश नेपालीले त्यो बेला भोगेको भोगाई हो यो ।

सयौँ वर्ष सम्मको ढली मुहाली र सान सौखत सबैलाई इतिहास बनाउँदै राजतन्त्रलाई पनि नारायणहिटी बाट लखेटियो । थोरै रोए धेरै खुसी भए । आज त्यो बेलामा रुनेहरुका आँखा बिस्तारै ओभानिदै छन् । तर, त्यो बेला खुसीले गद्-गद हुने अधिकांश दुखी हुँदै आइरहेका छन् । जनतालाई सुख दिन्छौ भन्ने फोक्रो आश्वासन दिँदै आन्दोलन गरेर हजारौँको सङ्ख्यामा सर्ब साधारण जनतालाई मारे । चन्दा आतङ्क र आफ्नो साथ र समर्थन नगरे ज्यान मार्ने धम्कीका कारण बिदेशिनेको सङ्ख्या लाखौँमा पुग्यो । देशको लागि भनेर ज्यान आहुती दिने लडाकुहरु माटोमा बिलाए । तर, नेताहरू पैसा र पदको लोलुप्ताको मदहोशिमा आफ्ना सहयोगिहरुलाई तथा आफ्नो पार्टीको सिद्धान्त र उदेश्यलाई नै बिर्सिंदै गए ।

जसले एउटै घरका परिवारहरुलाई भिन्न राजनैतिक आस्थाको लागु औषधी पिलाई दिए । पक्ष र विपक्ष खेमाका कारण परिवारहरू छिन्न बिन्न बनाईदिए । तर, आज तिनै नेताहरू “काले-काले मिलेर खाउ भाले” गर्न थाले । सहमतिमा सरकार चलाउने मात्र होइन , चुनावमा उमेद्बार पनि त्यसरिनै उठन थाले । त्यतिमात्र होइन विगतमा गोली हानेर आफ्ना परिवार गुमाई दिएकालाई पनि भोट् दिनु पर्ने बाध्यता हुन थाल्यो । कस्तो प्रजातन्त्र हो यो ? दुनियाँको भन्दा फरक ।

द्वन्दकालमा ज्यान बचाउने उपायको खोजीमा बिदेशिएका नेपाली जनता विदेशमा आफ्नो तुनेलो गरी बसेका थिए । तिनै राजनीतिका खिल बोकेका केही नेता भनाउदाहरु विदेशमा पिलो बन्दै फुटेर छिचिन्याट्टै भए । नेपालमा नेताका झोला र माइक बोकेर हिँड्ने भरौटेहरु यहाँ केन्द्रीय नेता भएका छन् । धार्मिक तथा जातीय सङ्घ सस्थाहरु त आफ्नो संस्कार र संस्कृतिलाई प्रदेशमा पनि परिचित गराउने कोसिसमा लागेका छन् । जुन सर्हानीय छ । तर नेपाली राजनीतिको अमेरिकामा के महत्त्व छ ?

नेपालको फोहोरी राजनीतिले वाक्क दिक्क भएर आफ्नो प्यारो जन्म थलो छोडेर यहाँ छुट्टै खाले जिन्दगी बिताउन बसेका होइनौ र हामी ? सकिन्छ भने अमेरिकाकै राष्ट्रिय राजनीति गर्ने हो । यो देश प्रति बफादार हुनेछौं भनेर प्रण गरेका छौँ यहाँको नागरिकता लिने बेलामा ।

सन्दर्भलाई हालै हुन लागेको एनआरएनको चुनावसँग जोड्ने अनुमति चाहेँ । एनआरएन अमेरिका शुद्ध सामाजिक संस्था बन्न सकिरहेको छैन । यस् पाली पनि राजनीतिकै शैलीमा गठबन्धन गरी ओहोदा हत्याउने प्रयास भइरहेका छन् । यस्तो गर्नु भनेकै एक्लो आफ्नो उम्मेदवारी प्रति ढुक्क नलाग्नु हो ।

तपाईँ एनआरएनको नेतृत्वमा गएर आफ्ना पक्षका नेपालीहरूको भलाइका लागि मात्र सेवा गर्नु हुन्छ कि समग्र नेपाली र नेपालको लागि गर्नुहुन्छ ? के विपरीत राजनैतिक खेमाका अन्य पदाधिकारीलाई सम्हाल्न सक्नुहुन्न ? या एक्लै नजित्ने डरले टिम बनाएर एक अर्काको पकेट भोटको सहारा लिनु भएको हो ?

मैले हालै बजारमा एक मिडियामा देखेको समाचारले मेरो मन मस्तिस्कलाई खिच्यो । जुन हालको एनआरएन चुनावी माहोलमा छुट्टै महत्त्व राख्ने खालको लाग्यो । त्यो थियो “अमेरिकामा रहेका तीन लाख नेपाली नै मेरो प्यानलमा छन्“। यो भनाई थियो यसपालि २०१७ को चुनावका अध्यक्षका उमेद्बार राम सी पोख्रेलको । टेक्स्सासको डल्लासका विभिन्न राजनैतिक खेमामा बिभाजित नेपालीलाई नेपाली समाजको अध्यक्ष भए पाश्चात एक सूत्रमा बाध्न समेत सफल भएका समाज सेवी पोख्रेललाई मेरो सलाम ।

Published on July 13, 2017 at 2:06 pm

Loading...

यसमा तपाइको मत