अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

ट्रम्प – रसिया प्रकरण: रहस्यको गांठो खुल्दै

बिआरटीनेपाल २०७४ असार २८ गते १७:२३ मा प्रकाशित

गत वर्ष सम्पन भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रसियाले प्रभाव पारेको भन्ने आरोपका कारण सुरु देखी नै तातेको अमेरिकी राजनीति यती बेला उग्र रूपले विवादित बनेको छ । राष्ट्रपतिय निर्वाचनको प्रचार ताका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जूनियर र रसियन नागरिकका बिचको भेटघाटका बारेमा न्यु योर्क टाईम्सले गत हप्ता देखी समाचार लेख्दै आए पछि आफ्नो भेटघाटका बारेमा पारदर्शी बनाएको भन्दै डोनाल्ड ट्रम्प जूनियरले रसियाका नागारिकहरुसँग गरेको इमेल बार्तालाप हिजो सार्वजनिक गर्न बाध्य भए । राष्ट्रपतिय निर्वाचनमा रसियाले प्रभाव पारेको भन्ने कथित आरोपलाई ट्रम्प जूनियरले सार्वजनिक गरेको इमेल बार्तालापले थप पुष्टि गरेको डेमोक्रेटिकका नेताहरू बताउछ्न ।

रुसी प्रकरण लगायत ट्रम्पको व्यक्तिगत स्वभावलाई लिएर मिडियाहरुले समेत राष्ट्रपति ट्रम्पलाई घेराबन्दी गरेका छन् । ठुला मिडियाहरु एक भएर ट्रम्प प्रशासनको कार्य शैली र उनको रुससँगको सम्बन्धलाई लिएर आफ्नो अड्कल वाजी गर्दैछन् भने टेलिभिजनमा दिनहु बहस हुने गरेको छ। यसै आरोपलाई पुष्टि गर्न न्यु योर्क टाईम्सले गत हप्ता भरी राष्ट्रपति ट्रम्पका छोरा र रुसी नागरिक बिचको भेटघाटका बारेमा समाचार बाहिर ल्याएको थियो ।

डोनाल्ड ट्रम्प जूनियरले सार्वजनिक गरेको इमेल बार्तालाप अनुसार ब्रिटिस पब्लिसिस्ट रब गोल्डस्टोनले आफूसँग ‘रुस र उसको सरकारसँग ट्रम्पका लागी सहयोग हुने संवेदनशील जानकारी ‘ भएको उल्लेख गरेका थिए । तर, यस पूर्व गोल्डस्टोनले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसी सरकारको भूमिकाका बारेमा आफूलाई जानकारी नभएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जूनियरले ट्विटरमा सार्वजनिक गरेको इमेलका अनुसार, ‘ रुसको क्राउन प्रोसिक्यूटर (रुसमा यो पद अस्तित्वमा नरहेको बताईन्छ) ले ट्रम्पको चुनाव अभियानमा यस्तो आधिकारिक सामाग्री तथा सम्बेदनशिल जानकारीहरू प्रस्तुत गर्ने छ जसले हिलारी क्लिन्टन र रुसका बिच लेन-देन भएको पुष्टि गर्नेछ र उनको पिता डोनाल्ड ट्रम्पको लागी धेरै उपयोगी हुनेछ ‘ भनिएको छ ।

ट्रम्प जूनियरले त्यस इमेलको जवाफमा, ‘ तपाइले जे भन्नु भएको छ, त्यस्तै हो भने त्यो आफूलाई मन पर्ने ‘ लेखेका छन् । हिलारी क्लिन्टन र रुसका बिच लेन-देन भएको पुष्टि हुने कागजात रुसी नागरिक मार्फत प्राप्त गर्न ट्रम्प जूनियर आतुर र उत्साहित रहेको उनको उक्त इमेलको जवाफ बाट प्रस्ट हुन्छ ।

पूर्व अनुमान गरिए मुताबिक ट्रम्पका सहयोगीहरुले रुसका अधिकारीहरू सँग संवेदनशील जानकारी प्राप्त गर्ने उदेस्यले ट्रम्प टावरमा आयोजित बैठकमा भाग लिएको आरोपलाई सार्वजनिक भएको इमेल बार्तालापले पुष्टि गरेको मिडियाहरुले बताउँदै आएका छ्न ।

गोल्डन स्टोनले ट्रम्प जूनियरलाई पठाएको इमेलको एक हप्ता भित्रै न्यूयोर्कमा एउटा बैठकको आयोजना भएको थियो जसमा ट्रम्प जूनियर, राष्ट्रपतिका छोरी ज्वाई जेरेड कुशनर र ट्रम्पका चुनाव अभियान समितिका तत्कालीन अध्यक्ष पल मेनाफोर्डको उपस्थिति थियो।

इमेल सार्वजनिक गरेको एक दिन पहिले ट्रम्प जूनियरले आफूले जुन ९, २०१६ मा रसियाको वकिल नतालिया वेसेनीत्सकया सँग भेटेको ब्यहोरा मिडियालाई बताएका थिए। आफू सँग हिलारी क्लिन्टनलाई नोक्सान पुर्‍याउने सामाग्री भएको जानकारी रुसी वकिलले दिए पछि ट्रम्प जूनियरले ती वकिललाई भेटेका थिए ।

‘तर्, ती वकिलसँग कुनै ‘अर्थपूर्ण जानकारी थिएन’, उनी रुसी नागरिकहरुलाई लगाईने भनेको प्रतिबन्धका बारेमा कुरा गर्न चाहान्थिन’-ट्रम्प जूनियरले मिडियालाई जानकारी गराएका थिए । यस भेटघाटले राष्ट्रपति ट्रम्पको नजिकको सहयोगीका साथ एउटा रुसको नागरिकको निजी भेटघाटबारे पहिलो पुष्टि भएको मिडियाहरु बताउछन ।

यस प्रकरण पश्चात् रुसी वकिल नतालियाले आफू सँग हिलारी क्लिन्टनलाई नोक्सान पुर्‍याउने कुनै त्यस्तो जानकारी नभएको ब्यहोरा मिडियालाई स्पष्ट गर्दै भनेकी थिइन।

गत वर्षको अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार अभियान देखी नै रिपब्लिकनबाट राष्ट्रपतिय उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भाल्दमिन पुटिन बिचको सम्बन्धका बारेमा व्यापक चर्चा हुँदै आएको छ । चुनावी प्रचार अभियान ताका डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी हिलाई क्लिन्टनका ईमेलहरु सार्वजनिक भएका थिए। क्लिन्टनका ती ईमेलहरु ट्रम्पको मिलोमतोमा रुसले ह्याक गराएको आरोप लागेको छ।

चुनाव प्रचार ताका देखी ऐले सम्म डेमोक्रेटिक पार्टीले राष्ट्रपतिय निर्वाचनलाई रुसले प्रभाव पारेको आरोप लगाउदै आएको छ। मस्को स्थित क्रेमलिनका ह्याकरहरुले वरिष्ठ डेमोक्रेट नेताहरुका इमेल ह्याक गरेको जसमा हिलारी क्लिन्टनलाई पराजित गर्न डोनाल्ड ट्रम्पलाई सहयोग गरेको ब्यहोरा गत जनवरीमा सार्वजनिक भएको थियो ।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले पुर्याएको भनिएको कथित हस्तक्षेपका बारेमा अमेरिकी अधिकारीहरूले अध्ययन अनुसन्धान गरी रहेका छन् ।

राष्ट्रपतिय निर्वाचन ताका हिलारी क्लिन्टनलाइ हराउन ट्रम्पका सहयोगीहरु र रुसी नागरिकका बिच पटक पटक भेट्घाट हुने गरेको भन्ने कथित आरोपमा राष्ट्रपति ट्रम्पका छोरा जानकार रहेको पुष्टि भएको ठानिएको छ। यसै सन्दर्भमा, ट्रम्पका सहयोगीहरुले रुसी नागरीकसंग गरेको भनिएको भेटघाटले अमेरिकाको चुनावी कानुनको उल्लंघन भएको हुन सक्ने भन्दै विपक्षीहरूले कानुनी बहस सुरु गरेका छन् ।

Photo Source: CNN

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू