अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

डोनल्ड ट्रम्पका छोराले सार्वजनिक गरेको ईमेल चर्चामा

बिआरटीनेपाल २०७४ असार २८ गते ५:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले सार्वजनिक गरेको ईमेलले यतिबेला चर्चा पाएको छ । ट्रम्पका छोराले सार्वजनिक गरेको ईमेलमा डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिनुका साथै रुसलाई धन्यवाद दिईएका कुरा लगायत बाहिर आएपछि उक्त ईमेलले अमेरिकामा चर्चा पाएको हो ।

सार्वजनिक ईमेलबारे बोल्दै डोनाल्ड ट्रम्पले जेठा छोराले आफ्ना इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन् ।साथै उनले आफ्ना छोरालाई ूउच्चकोटीका व्यक्ति भनेका छन् ।

सार्वजनिकइमेलमा गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ। साथै उनले राष्ट्रपतिको समूहले मस्कोसँगको सम्बन्ध अस्वीकार गरेको कुरालाई अब नयाँ पृष्ठभूमिमा हेरिनुपर्ने बताए।

इमेलमा ट्रम्प जुनियरलाई उनका पिताकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।
रुसी वकिलले संवेदनशील सुचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा भनेका छन्, -‘यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ’।

अमेरिकी संसदको गुप्तचरी समितिका सबभन्दा बरिष्ठ सदस्य एडम शीफले इमेल प्रकरणको खुलासा असाध्यै महत्वपूर्ण र गम्भीर दुखको कुरा भएको बताएका छन्।

अमेरिकी अधिकारीहरुले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए(नभएकोबारे अनुसन्धान गरिरहेका छन्। यस्तो बेला ट्रम्पको सहयोगीले संवेदनशील सुचना पाउने अपेक्षासहित रुसी पक्षसँग भेटेको सम्भवत पहिलो पटक पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू