अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

माछा मार्न गएका २ युवालाई हेर्दा हेर्दै हर्पन खोलाले बगायो, प्रत्यक्षदर्शी भन्छन् ‘चाहेर पनि बचाउन सकिएन'(भिडियो)  

बिआरटीनेपाल २०७४ असार २७ गते ३:२५ मा प्रकाशित
पोखरा लेखनाथ महानगरपालिका १८ चखंपुरमा खोलाले बगाएर २ जना बेपत्ता भएका छन् । माछा मार्न गएका पोखरा-३ नदिपुरका दुई युवा हर्पन खोलाले बगाएर बेपत्ता बनेका छन् । बेपत्ता हुनेमा करिब २५ वर्षका ललित पुन र इन्द्र पुन बेपत्ता भएका हुन् ।
उनीहरुको अहिले खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ताको गोता खोरका साहेताले खोजी भइरहेको वडा प्रहरी कार्यालय पोखरा ६ का प्रहरी निरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए । प्रत्यक्ष रुपमा देखेका स्थानीय बासी र पर्यटकहरुले चाहेर पनि बचाउन नसकिएको जनाएका छन्।
किन कसरी के कारणले हर्पन खोलाले बेपत्ता बनायो यो भिडियो हेरौं ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू