अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

‘एनआरएनए पोर्चुगल’को सदस्यता विस्तारमा तिब्रता

बिआरटीनेपाल २०७४ असार २७ गते १:१५ मा प्रकाशित
गैह्र आवासीय नेपाली संघ,पोर्चुगलको आसन्न अधिवेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका नेपाली समुदाय बीच यस सम्बन्धि चर्चा बढ्दै गएको छ ।
यसै सन्दर्भमा गत हप्ता गैह्र आवासीय नेपाली संघ पोर्चुगलको एक टोली राजधानी लिस्वन बाहिर अल्गार्भ,बेजा,अलेन्तेजो क्षेत्रमा बसोवास गर्ने नेपालीहरु बीच संघको सदस्यता वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त भेटघाट तथा सदस्यता वितरण कार्यक्रममा गैह्र आवासीय नेपाली संघ,पोर्चुगलका अध्यक्ष भिम केसी कमल,उपाध्यक्ष सुनिल संगम लगायतका टोलीद्वारा नयाँ तथा पुराना सदस्यता वितरण र नविकरण स्थलगत रुपमा गरि परिचय पत्र समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा गैह्र आवासीय नेपाली संघको नेत्रित्व प्रती अत्यन्त विश्वाश र समर्थनका साथ सम्पन्न अल्गार्भ, बेजा र अलेन्तेजो क्षेत्रको सदश्यता बिस्तार अभियानमा पूर्ण सहयोग तथा सहभागीता जनाउने एनआरएनए,आरसिसि अल्गार्भका अध्यक्ष अनिल शर्मा, शरद शाही, बिनोद विक, योगेश शर्मा, निरन्जन सेढाई, दिपक क्षेत्री, बिष्णु बराल, मच्छीन्द्र अर्याल, शिव निरौला, देबेन्द्र पुन, माया गुरुङ, तिलक गैरे, रेशम गिरी, कुबेर मल्ल, कमल हमाल ठकुरी, टेक बस्नेत, दीपेन्द्र आचार्य, गीता राना, बम जी सी, मणी पौडेल, भुपेन्द्र बस्नेत, रुपेश शाह, प्रकाश खडका, मधु सापकोटा, गंगा राम कडेल, नारायण भुर्तेल लगायत  सम्पूर्ण सो क्षेत्रबासी दिदीबहिनी तथा दाजुभाईहरु प्रती संघले हार्दिक आभार प्रकट गरेको छ ।
साथै, सोहि अवसरमा ताभिरा क्षेत्रमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।एनआरएनए ,आरसीसी,अल्गार्भका उपाध्यक्ष शिब कुमार निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एनसिसि,पोर्चुगलका अध्यक्ष भिम केसी कमल थिए भने उपाध्यक्ष सुनिल संगमले उक्त अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा उठेका बिभिन्न समस्या तथा जिज्ञासाहरु प्रति अध्यक्ष  केसीले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू