अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

अमेरिकाका १० प्रमुख तनावपूर्ण पेशाहरु – बिजय थापा

बिआरटीनेपाल २०७४ असार २५ गते २२:१९ मा प्रकाशित

अमेरिका आउने भनेको मुद्रा कमाउने हो l अमेरिकामा कहिलेकाही जागिर नपाउदा मन आत्तिन्छ l के र कसो गरौँ भन्ने हुन्छ l जागिर निकै समय सम्म अमेरिकामा भएन भने ठुलो सङ्कट आई पर्छ l हुँदा छदा को मानिस सडकमा पनि आउन सक्छ l त्यो जस्तो दुर्भाग्य केही हुँदैन l अमेरिकामा जागिर नपाईने भन्ने हुँदैन तर आफूले चाहे जस्तो जागिर खोज्ने हो भने युग पनि बित्न सक्छ l

अमेरिकामा नेपालीले जे पनि काम गर्ने हुनाले काम पाई हाल्दछन l अमेरिकामा काम भन्ने बितिकै सबै राम्रा हुन्छन् भन्ने होइन l सजिलो काम भन्ने अमेरिकामा हुँदैन l अमेरिकामा काममा सम्झौता गरिन्छ l अमेरिकामा धेरै तनावपूर्ण जागिर भएको कारण मानिसले लुगा फेरेको जस्तै पटक पटक जागिर परिवर्तन गर्दछन् l अर्को जागिरको व्यवस्था नहुन्जेल मजबुरीका नाम महात्मा गान्धी भन्ने उखान झैँ मानिस लाचार हुन्छन् l जस्तो सुकै काम भए पनि घर चलाउन काम गर्न बाध्य हुन्छन् l

अमेरिकाका १० सबै भन्दा तनाबपूर्ण जागिरहरु : अमेरिकाको सबै भन्दा तनावपूर्ण जागिर भनेको खानीमा काम गर्नेलाई मानिन्छ किनभने लामो समय सम्म राति सम्म काम गर्नु पर्ने ,सूर्य देख्न नपाईने तथा ताजा हावा नपाईने हुनाले तनावपूर्ण मानिन्छ l

यसै गरी संस्थाका उपल्लो दर्जा तथा कार्यकारी अधिकृतको पनि तनावपूर्ण मानिन्छ किनभने उनीहरूको समय निर्धारण हुँदैन l अत्यन्तै दूर दृष्टि भएको हुनु पर्ने, सफलता र असफलताको कारण एकै छिनमा जागिर चट हुने हुन्छ l पैसा भएता पनि निकै तनावपूर्ण मानिन्छ l

सञ्चार माध्यमका सम्बाददाताको काम निकै कठिन तर तलब कम हुने हुन्छ l कति खेर र कहिले कहाँ जानु पर्ने ठेगाना हुँदैन l बिदा र छुट्टी कम पाइने हुनाले तनाव मै रहने हुनाले यसलाई पनि तनावपूर्ण जागिर ठानिन्छ l

यसै गरी हवाई जहाजमा यात्रा गर्ने हवाई जहाजका कर्मचारी निकै तनावमा हुन्छन् l अरू कर्मचारी भन्दा विमान चालकको जागिर निकै तनाव पूर्ण मानिन्छ l यात्रीहरुको व्यवहार तथा अन्य कारणले तनाव मै जीवन जाने पनि हुन्छ l

यसै गरी आपत्कालीन अवस्थामा बचाउने कर्मचारीहरूको जागिर पनि निकै तनावपूर्ण मानिन्छ l बरुण यन्त्र र अग्नि नियन्त्रक तथा आकस्मिक रूपमा काम गर्ने प्राबिधिकहरुले समय र काल भन्न नपाउने हुनाले तनावपूर्ण नै मानिन्छ l

अर्को तनावपूर्ण चिकित्सा पेसालाई मानिन्छ l लामो समय सम्म काम गर्नु पर्ने र निरन्तर दबाब खप्नु पर्ने हुन्छ । शल्य चिकित्सक, मानसिक चिकित्सक, दन्त्य चिकित्सकले धेरै समय काम गर्नु पर्ने अवस्था आई पर्दछ l अधिकासं उभिएर पनि काम गर्नु पर्ने हुनाले तनाव मै अधिक समय बित्दछ l उनीहरूको व्यवहार र कामको कारण अस्पताल चल्ने र नचल्ने हुनाले निकै कडा मेहनत गन्रु पर्ने हुनाले तनाव रहने हुन्छन् ।

अर्को तनावपूर्ण शिक्षक पेसालाई पनि मानिन्छ l पढाउने मात्र नभएर धेरै योजना ,कागजात तथा अन्य विविध काम गर्नु हुन्छ l तुलनात्मक रूपमा तलब र सुविधा अन्य पेसा भन्दा कम हुने पनि हुन्छ l जहिले पनि निरन्तर दबाब मै देखिन्छन l

अर्को खतरा, जोखिम र तनावपूर्ण प्रहरी पेसालाई मानिन्छ l स्थानीय क्षेत्रमा काम गर्ने प्रहरी अधिकृत हुन् या प्रहरी विभागमा या राजमार्गको गस्ती गर्ने सदैव तनावपूर्ण रही रहन्छन l सदैव जीवन हत्केला राखेर हिड्नु पर्ने हुन्छ l अमेरिकामा बन्दुक सर्वसाधारणले राखें चलन भएकोले ज्यान जाने र मारिने घटना निरन्तर घट्ने हुनाले बिहान हिडेको मानिस घर फर्कन्छ कि फर्कदैन भन्ने तनाव रही रहन्छ l

अर्को तनावपूर्ण पेसा सुरक्षाको लागि तैनाथ रहने सैनिकको हुन्छ l परिवार बाट छुटिन्नु पर्ने हुन्छ l सदैव अमेरिकामा ज्यादा चनाखो र सतर्क हुनु पर्ने ,धम्की ,त्रास आउने हुनाले अमेरिकामा यो पेसा निकै तनावपूर्ण मानिन्छ l आतङ्कवादीको सूचीमा अमेरिका अग्र पंक्तिमा भएकोले यो पेसामा निकै तनाव रहन्छ l

अर्को सबै भन्दा ठुलो तनाव अभिभावक दुवै काम गर्दा आफ्ना सन्तानलाई त्यति ध्यान पुग्न नसक्दा उनीहरू दुख मान्दछन l जुन समयमा छोराछोरीलाई हेरचाह गर्नु पर्ने हो त्यो समयमा आफू र आफ्ना परिवार दुवै दिवा समयमा काम गर्नु पर्ने हुनाले समय व्यवस्थापन गर्न हम्मे हम्मे हुन्छ l तर दुवै जना काम नगर्दा परिवार चलाउन गाह्रो हुने हुनाले अमेरिकन जीवन यसरि नै चलि रहेको हुन्छ l यस्तो हुँदा तनाव मानिन्छ l

धेरै आमाबुवा शिक्षक, सैनिक, प्रहरी तथा चिकित्सा पेसामा भएकोले सन्तान घरमा हुने हुनाले राम्रो समय दिन सकिँदैन । सक्ने अवस्था नभएकोले यी पेसालाई तनावपूर्ण मानिन्छ l

प्रतिक्रिया