अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

एनआरएनए युगान्डाको तेस्रो महाअधिवेशन सम्पन्न, अध्यक्षमा राजमणि भण्डारी निर्वाचित

बिआरटीनेपाल २०७४ असार २५ गते ९:३४ मा प्रकाशित

कम्पाला,युगान्डा । गैर आवासीय नेपाली सङ्घ युगान्डा ( एनआरएनए युगान्डा)को तेस्रो महा अधिवेशन युगान्डाको कम्पालामा एक भव्य कार्यक्रम बिच सम्पन्न भएको छ l अधिवेशनबाट आगामी कार्यकाल सन २०१७ – २०१९ का लागि अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ l 

एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीबाट प्रमुख अतिथिको रूपमा पानसमा बत्ती बाली अधिवेशनको उद्घाटन भएको थियो l कार्यक्रममा प्रमुख अतिथि सुनिल कार्की ,अन्तर्राष्ट्रिय कार्य समितिका सदस्य जीवनाथ पगेनी,अध्यक्ष रमेश कंडेल लगायतबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो l

त्यसपछि आयोजित बन्द सत्रमा सङ्घका कोषाध्यक्ष मंजुल पाठकले आर्थिक प्रतिवेदन पेस गर्नुका साथै अध्यक्ष रमेश कंडेलले आफ्नो कार्यकालको प्रतिवेदन पेस गर्नु भएको थियो l लगत्तै तिन सदस्यीय निर्वाचन समितिको तर्फबाट निर्वाचन समितिका संयोजक हेम श्रेष्ठबाट विपक्षी उम्मेदवार कोही नहुदा उम्मेदवार सम्पूर्णलाई निर्विरोध चयन भएको घोषणा गर्नु भएको थियो l नव निर्वाचित समितिमा अध्यक्षमा राजमणि भण्डारी ,उपाध्यक्षहरुमा विनोद थापा तथा अर्जुन न्यौपाने निर्वाचित भएका छन् l यसै गरी महासचिवमा रमेश शर्मा सचिवमा गंगालाल खरेल तथा कोषाध्यक्षमा मन्जुल पाठक निर्वाचित भएका छन् l 

समितिमा युवा संयोजकमा तेजेन्द्र “विवश” ,महिला संयोजकमा तारा गिरि ,प्रवक्तामा कमल भट्ट तथा कार्यकारी सदस्यहरूमा आशिष् खड्का, रुद्र के सी , प्रेम बहादुर श्रेष्ठ तथा गणेश कार्की निर्वाचित भएका छन् l कार्यक्रममा सम्पूर्ण साधारण सदस्यलाई परिचय पत्र (कार्ड) वितरण गर्नुको साथै प्रमुख अतिथि सुनिल कार्कीको हातबाट अघिल्लो कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी मनलाई प्रशंसापत्र वितरण गरिएको थियो l

कार्यक्रमको अन्त्यमा पूर्व अध्यक्ष समेत रहनुभएका रमेश कंडेलले नेपाली सङ्गीतमा नयाँ इतिहास रच्दै अफ्रिकन कलाकार, निर्देशक सम्पादक प्रयोग गरेको भिडियो प्रमुख अतिथिबाटै विमोचन गर्दै सार्वजनिक गरेका छन् l कंडेलले लोक तथा आधुनिक गरी एक दर्जन गीतहरुमा स्वर दिई सकेका छन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू