अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

अफ्रिकामा पहिलो नेपाली गीत

बिआरटीनेपाल २०७४ असार २४ गते २१:४९ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ , युगान्डाका अध्यक्ष रमेश कंडेलले अफ्रिकाको इतिहासमै पहिलो चोटि नेपाली गीतको अडियो रेकर्ड तथा भिडियो छायाङ्कन अफ्रिकामा गरी नयाँ रेकर्ड कायम गरेका छन् । उनकै शब्द ,स्वर तथा परिकल्पनामा तयार भएको यो गीतको बिमोचन आज सम्पन्न हुने एनआरएनए युगान्डाको तेस्रो अधिवेशनको अवसरमा हुँदैछ ।

एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की र एनआरएनए युगान्डाको सहयोगमा तयार पारिएको यो गीत र नृत्य नेपाली कला संस्कृतिलाई अफ्रिकामा प्रबर्द्धन गर्ने विश्वास गरिएको छ ।

गीत तलको युट्युब लिङ्कमा हेर्न र सुन्न सकिने छ् ।

प्रतिक्रिया