अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

कोलोराडोमा २०४ औँ भानु जयन्ति तथा साहित्यिक कवि गोष्ठि सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असार २४ गते २१:०१ मा प्रकाशित

कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०४ औँ भानु जयन्ति तथा साहित्यिक कवि गोष्ठि आज थोरटन सहरमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरकी उपाध्यक्ष मिना पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले भानुभक्तको तस्बिरमा माल्यार्पण गरी उदघाटन गरेका थिए । आफ्नो मन्तब्यको क्रममा अध्यक्ष विश्वकर्माले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन धन पौडेलले गरेकी थिइन भने च्याप्टरका महासचिव गौतम सागर राईले स्वागत भाषण गरेका थिए । उक्त कार्यक्रममा ज्ञानेन्द्र काफ्लेले आदिकबी भानु भक्तको ब्यक्तित्व र उनको कृतिले नेपाली साहित्यलाई दिएको योगदानको बारेमा चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा कवि, कवयत्री, तथा सर्जकहरु तारा अधिकारी, विजय देव अधिकारी, हरि लामिछाने, यसोदा भट्ट, नातिबाबु भट्ट, भिष्म प्रधान, दामोदर लुइटेल, बासु खनाल, गौतम सागर राई, मिना पौडेल, हरि अधिकारी तथा भुपेन्द्र महतले आफ्ना सृजना प्रस्तुत गरेका थिए भने १० वर्षकी मरिया अधिकारीले अङ्रेजिमा कविता वाचन गरेकी थिइन ।  

कोलोराडोको सक्रिय संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, गायिका उषा किरण अधिकारीका साथै अन्य पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयत्री, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । गद्य, पध्य, श्रींगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा भानु भक्तले नेपाली साहित्यमा पुर्याएका योगदान, मातृ भूमि नेपाल र अमेरिकामा बस्ने  नेपालीहरूको अवस्था झल्काउन खोजिएको थियो । 

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।  

 

फोटो: शैलेश पोखरेल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू