अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

नेपालीले सञ्चालन गरेको तेक्वान्दो बिद्यालयका अमेरिकी बालबालिकले जिते ३ स्वर्ण सहित कुल ६ पदक

बिआरटीनेपाल २०७४ असार २४ गते १२:३० मा प्रकाशित

अमेरिकामा नेपालीले सञ्चालन गरेको ज्योती एभरेष्ट तेक्वान्दो स्कुलमा प्रशिक्षित अमेरिकी बालबालिकाले ३ स्वर्ण सहित कुल ६ पदक प्राप्त गरेका छन् । गत जुन ३० देखि जुलाई ६ सम्म जारी अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मिचिनग राज्यको वाटारफोर्डमा रहेको ज्योती एभरेष्ट तेक्वान्दो स्कुलमा खेलाडी मार्कस मेलसेर्ट, मोर्गान स्पार्क्स र लेस्ली डेनियलले स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै सोहि स्कुलका प्रतियोगी खेलाडी निकोलस मिज्कोभिचले रजत पदक जितेका छन् भने एलेन नावारेत तथा एलिना टोमाजले कास्य पदक जितेका छन् ।। ति सबै खेलाडीलाई प्रशिक्षक अमूल गोर्खाली तथा सहायक प्रशिक्षक अनमोल गोर्खालीले प्रशिक्षण  गरेका थिए ।

प्रतियोगितामा निकोलस मिज्कोभिचले रजत पदक जितेका छन् भने एलेन नावारेत तथा एलिना टोमाजले कास्य पदक जितेका छन् ‘हामीले अझ बढी अपेक्षा गरेका थियौँ तर प्राप्त परिणामबाट निराश भने पनि उत्साहित नै छौँ ।’ स्कुलका मुख्य प्रशिक्षक समेत रहेका लभ प्रसाद गोर्खालीले भने–यस अघि गत अप्रेलमा भएको राज्य स्तरीय छनोट प्रतियोगितामा प्राप्त परिणामबाटै हामीले राष्ट्रिय प्रतियोगितामा सफलता पाउने आशा गरेका थियौँ ।

आफूहरूले त्यस अनुसार तैयारी समेत गरेको बताउदै उनले भने, प्राप्त परिणामले भाविस्यका लागि अपेक्षाका थप ढोका खोली दिएको छ । उक्त छनोट प्रतियोगितामा स्कुलका सबै १६ प्रतिस्पर्धिले स्वर्ण पदक जितेका थिए । सन् २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ८५ जना जति खेलाडीले प्रशिक्षण प्राप्त गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू