अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

कतारमा गोरखा मुस्लिम एकता सेवा समाज गठन

बिआरटीनेपाल २०७४ असार २४ गते ८:१३ मा प्रकाशित

गोरखा मुस्लिम एकता सेवा समाज कतार अभियानको मिति ७ जुलाई २०१७ मा बसेको विशेष बैठकले कतारमा छरियर रहेका गोर्खाली मुस्लिम समुदाया बिच रहदै आएको एकतालाई अझ प्रगाढ बनाउँदै समुदाएको विकास र निकासको निम्ति एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरी विगत केही समयदेखि निस्कृय जस्तै रहदै आएको यो संस्थालाई अब नयाँ जोस जाँगर र बिल्कुलै नयाँ ढङ्गले अगाडी बढाउने प्रतिबद्धताका साथ केही रिक्त पदहरु पनि पुरा गरी एक पूर्ण कमिटी गठन गरेको कुरा गोर्खा मुस्लिम एकता समाजका अभियन्ता तथा बर्तवान महासचिव इब्राहिम मियाँले भनेका छन् ।

मियाँका अनुसार उपस्थित अभियन्ताहरुबाट निम्न उल्लिखित पदमा सर्ब सम्मत चयन गरेको छ ।
अध्यक्ष- मुमजन मियाँ,
प्रथम उपाध्यक्ष- कलिम मियाँ,
द्वितिय उपाध्यक्ष- जुम्म दिन मियाँ (करीम),
त्रितीय उपाध्यक्ष- अक्बर खाँ मियाँ,
महासचिव- इब्राहिम मियाँ,
सचिव- मैबु मियाँ,
सह सचिव- अहमद रेजा मियाँ,
कोषाध्यक्ष- मैबुब हुसेन मियाँ,
सह कोषाध्यक्ष- नसिम मियाँ (जलाल मियाँ)
सदस्यहरू- हबिब मियाँ, अम्म दिन मियाँ, इब्राहिम मियाँ, सकिल मियाँ, सलिम मियाँ, मो अलि मियाँ, अमिर मोहम्मद मियाँ, आरिफ मियाँ , समिम मियाँ, समीर मियाँ,

सल्लाहकार समितिमा –
सल्लाहकार संयोजक- कमल दिन मियाँ,
सल्लाहकार सचिव- मैनु दिन मियाँ
सल्लाहकार सदस्य – मो. करम दिन मियाँ

गोर्खा जिल्लाबाट कतारमा काम वा कुनै व्यवसाय गरेर बस्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई एकता गरेर कतार तथा जिल्लामा भएका समस्या प्रति सहयोग र सद्बाब बढाउने उद्देश्यले यो-संस्था गठन भएको उल्लेख गर्दै सम्पूर्ण कतारमा रहेका मुस्लिम समुदायलाई यस सङ्गठनमा एकता बढ्द हुन संस्थाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू