अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

आतंकवादलाई सहयोग गरेको र इरानसंग सम्बन्ध राखेको आरोप लगाउँदै कतार ४ राष्ट्रसंग रुष्ट

बिआरटीनेपाल २०७४ असार २३ गते १३:०३ मा प्रकाशित

आतंकवादलाई सहयोग गरेको र इरानसंग सम्बन्ध राखेको आरोप लगाउँदै गत जुन महिनामा सम्पर्क विच्छेद गरेपछि कतारलाई चार राष्ट्रले चुनौति दिएका छन् । कतारले चार छिमेकी मुलक साउदी अरेबिया, बहरेन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले दोहाको माग अस्वीकार गरेपछि ती अरब मुलुकले कतार विरुद्ध थप नयाँ कदम चाल्ने चेतावनी दिएका हुन् ।

ती कदम कस्ता हुनेछन् भनेर नखुलाए पनि कतारप्रति रुष्ट देखिएका यी चार मुलुकले बतारमाथी कुनै दुर्घटना निम्त्याउन सक्ने आशंका गरिएको छ । उता कतार भने यी राष्ट्रहरुकलाई आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । कतारको यो नितीमाथी आरोपित राष्ट्रहरुले सो क्षेत्रको सुरक्षालाई जोखिममा पार्ने नीति जारी राखेको आरोप लगाएका छन् र कतारको यो नितीलाई बिरोध गर्दै ठिक समयमा उचित कदम चाल्ने बताएका छन्।
कतारले भने आफुले केही गल्ती नगरेको बताएको छ। कतारले यी ४ मुलुकलाई तेल र ग्यासको धनी सो देशलाई थुप्रै मागहरुको सूची दिइएको र ती मध्ये अल जजीरा समाचार संस्था बन्द गर्नुपर्ने, टर्कीको सैनिक आधार शिविर बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुड नामक समूहसंग सम्बन्ध तोड्नुपर्ने र तेहरानसंगको सम्बन्ध घटाउनुपर्ने लगायतका माग छन्।

त्यस्तै कतारले आतंकवादलाई समर्थन गरेको अस्वीकार गरेको छ र आफ्नो सार्वभौमसत्ता लाई जोखिममा पार्ने र अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गर्ने कुनै पनि कदमलाई नमान्ने बताएको छ।

लागू गरिएका स्थलगत, समुद्री र हवाई प्रतिबन्धले त्यहाँ हलचल मचाएको छ किनकी कतारले आफ्ना २७ लाख मानिसका आवश्यकता पूरा गर्न आयातमा निर्भर हुने निती पहिलेबाट नै लागु गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू