अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

सारा नेपाली कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं – पूर्व राजा ज्ञानेन्द्र शाह

बिआरटीनेपाल २०७४ असार २३ गते ३:५९ मा प्रकाशित

पूर्व राजा ज्ञानेन्द्र शाहले को ७१ औं जन्मदिन देशबासीका नामका संबोधन गर्दै यतिबेला सारा नेपाली कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेकोे बताएका छन् । शुक्रबार आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर पूर्व राजाले जनताका नाममा जारी गरेको सन्देशमा राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको भन्दै नेपाली जनता कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेको बताएका हुन् ।

पूर्व राजा शाहलाई शुभकामना दिन निर्मल निवासमा घुईंचो लागेको छ । राजसंस्था र हिन्दु धर्म प्रति आस्था राख्नेहरु बिहानैबाट नेपाली झण्डा र राजसंस्थाको महत्व झल्कने पम्प्लेट बोकेर निर्मल निवास पुगेका थिए । आफ्नो जन्मदिनमा सुवेच्छा प्रकट गर्दै शुभकामना दिने नेपाली जनताहरुलाई शाहले धन्यवाद पनि दिएका छन् ।

यस्तो छ पूर्व राजा ज्ञानेन्द्र शाहको देश र जनता प्रतिको धारणा:

 

आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छू । यो असारको २३ सौं दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु । यो जन्मदिनको उपलक्ष्यमा मलाई शूभेच्छा प्रकट गर्ने, शूभकामना दिने र म प्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहिनी तथा दाजूभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु ।

पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो । हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो । देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिङय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरि राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो ।  राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जूट हुनु परेको छ । हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनु पर्दछ । पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं ।

हामी कृयाशिल उर्जा बोकेर बिउंतन अब ढिला गर्नू हूंदैन । निराशा बोकेर विदेशिएको उर्जाशिल यूवाशक्तिलाई स्वदेशमै गरि खाने बाटो बनाई दिन उपाय खोज्न पनि हामी नै जागरुक हूनू पर्दछ । “नेपाली हामी रहौंला कहां नेपालै नरहे” भन्ने सारभुत सूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु ।

श्री पशूपतिनाथले हामी सबैमा सूबूद्धि र प्रेरणा दिउन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू