अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

दश मिनेटमा एक्काइस वटा बर्गर खाएर प्रतियोगितामा प्रथम (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २२ गते ६:५१ मा प्रकाशित

क्यालिफोर्निया राज्यको स्याक्रामन्टोकि एक महिलाले स्वतन्त्र दिवस जुलाई ४ तारिखको दिन डिसीमा १० मिनेटमा २१ वटा ह्याम्बर्गर खाएर प्रतियोगिता जितेकी छिन् । मलि स्काइलर नामक उक्त महिलाले २१ वटा बर्गर त्यति छिटो समयमा खाए पछि उनी बर्गर रानीले चिनिएकी छिन् l अलि अलि मात्र नभई एक चाङ्ग खाएर सबैलाई चकित पारिन l 

जे बर्गर नामक प्रतियोगिताको आठौ वार्षिक स्वतन्त्र बर्गर खाने प्रतियोगितामा उनले सबैलाई पछि पारिन l उनले जुलाई ४ को ठिक एक दिन अगाडी मात्र न्युयोर्कमा १३ जना महिला तथा पुरुष सहभागिता भएको प्रतियोगितामा उनले दबाएर बर्गर खाएकी थिइन् l

स्काइलरले गत तीन वर्ष देखि लगातार प्रतियोगिता जिती रहेकी छिन् भने गत वर्ष २८ वटा बर्गर खाएकी थिइन् l विश्व कै सर्वाधिक खाने प्रतियोगितामा आधा घन्टामा ४ सय २९ वटा कुखुराको पखेटा गत वर्ष किर्तिमान कायम भएको छ l

स्काईलरले उक्त पुरस्कार बापत ४ हजार डलर प्राप्त गरेकी छिन् भने उनले उक्त रकमले आफ्ना बाल बच्चाहरूलाई खाना खुवाउने योजना रहेको डब्लुटी ओ पी टीबीलाई एक अन्तर्वार्तामा भनेकी छिन् l

उनले २१ वटा ह्यामबर्गर खाए पछि केही वर्ष अगाडी केवल ५ पाउण्ड बर्गर पनि खान सकिन भनी अन्तर्वार्तामा स्मरण गराएको युपीआइले लेखेको छ l

तस्बिर श्रोत : केविन डिईच/यु पीआई

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू