अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

नेदरल्यान्डमा नेपालको उत्कृष्ट प्रस्तुति (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असार २२ गते ६:४० मा प्रकाशित

संस्कृतिक आदन-प्रदानबाट नेपाललाई विश्व सामु परिचित गराउदै

नेदरल्यान्डस्को वार्फममा सम्पन्न ५२ अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला “Op Roakeldais” मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरी नेपाल फर्केको छ । दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झन्डा बोकेर जब स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालीको गडगडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन्, यो दृश्य हालै नेदरल्यान्डस्को वार्फममा सम्पन्न ५२ अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेलाको हो ।

१६ राष्ट्रको सहभागिता रहेको मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको संयोजन तथा ग्रुपका निर्देशकहरु शीतल आचार्य (सिता) र मिरज कोइरालाको अगुवईमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुति प्रस्तुत गरी नेपाल फर्कियो । 

उक्त अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्याऊरे, तामाङ, झोडा, सतार, शेब्रु, धिमल सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरेको थियो । मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशकहरु शीतल आचार्य सिता), मिराज कोइराला नृत्यतर्फ सपना महर्जन, सिम्रन शाही, प्रमिल रिजाल, अनिता अधिकारी, एलिना राई, अनित थापा मगर, प्रियान्क मगर, शम्भु शाही, कृष्ण रेउले, रुपिन डङ्गोल, उदिराम खड्का, माइकल मगर, प्रकाश न्यौपाने, बसुदेव भट्ट तथा बाद्यबादन तथा गायक गायिका तर्फ वरिष्ठ बसुरीबादक राम बहादुर भुजेल, वरिष्ठ गायक दुर्गा रायमाझी, वरिष्ठ वाध्यबादक धनेस्वोर तिवारी, गायक राम प्रसाद पाण्डे, कृष्ण काजि डङ्गोल, गायिका रिता बुढाथोकी भुजेल, वीर बहादुर मगर भाग लिएका थिए भने अफिसिएल फोटोग्राफएरको काम डेक प्रसाद अधिकारी (गोपल) ले गर्नु भएको थियो । 

मेलामा सहभागी कलाकारहरुलाई नृत्यहरु सम्योजन मिरज कोइराला तथा सपना महर्जनले गर्नु भएको थियो भने सङ्गीत सम्योजन वरिष्ठ बासुरीबादक राम बहादुर भुजेल गर्नु भएको थियो ।

सोही अवसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशकद्वय आचार्य तथा कोइरालाले वार्फम नगरपालिका प्रमुख तथा उपस्थित सम्पूर्ण महानुभाब तथा कार्यक्रम आयोजकहरुसँग भेटी नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू