अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

‘सञ्चार माध्यमले हावादारी गफ गरिरहेका छन्, युएईमा मृत्युदण्ड सुनाइएका अमर बमको उद्धार सम्भव छैन’ – दूतावास

बिआरटीनेपाल २०७४ असार २० गते ५:१० मा प्रकाशित

सन् २००३ जनवरी २६ देखी दुवईको सेन्टर जेलमा रहेका दार्चुला धारी ३ का अमर बाहदुर बमको तत्कार उद्धार सम्भव नभएको दुवईको आबुधाबीमा रहेको नेपाली दूतावासले बताएको छ । युएईका लागि कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले बमको रिहाइ हुन सक्नेबारे कतिपय सञ्चारमाध्यमले हावादारी गफ गरिरहेको बताउँदै उनको तत्काल उद्धार हुन सक्ने कुनै सम्भावना नरहेको जानकारी दिएका छन् ।

बमको फैसलाबारे दूतावासले आफ्नो स्थानबाट पहल गरिरहेको भएपनि अहिलेसम्म कुनै प्रगति हुन नसकेको कार्यवाहक राजदूत टण्डनले बताएका छन् ।

बैदेशिक रोजगारीका लागि १३ बर्ष अघि भारतको बाटो हुदै दुवई पुगेका थिए । सवारी चालकको रुपमा काम गरिरहेका उनलाई भारतीय नागरिकको हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाइएको हो । बम सुरुमा दार्चुलाबाट भारत गएका थिए । कामका लागि भारत पुगेका बम त्यहाँस्थित एक मार्वल कम्पनीको काम छाडी सवारी चालक बनेर दुवई पुगेका हुन् ।

बमले दिएको जानकारी अनुसार कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्‍याएका थिए । भिजिट भिसामा दुबई आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए । उक्त जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्‍याए ।  उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्ने छ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने शहरमा पुग्दा आजभन्दा करिव ९ वर्ष अगाडी कर्णबहादुर बमका छोरा र धनमती बमका श्रीमान  बमलाई दुबईमा बिना कसुर  त्यहाँको प्रहरीले पक्राउ गर्‍यो ।बिबाह गरेका २३ दिनमै श्रीमती छोडेर बिदेशीएका बमकी श्रीमती आज पनि उनको पर्खाईमा बसिरहेकी छन् ।

अमर बमको बिषयलाई लिएर गत बर्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बमलाई आममाफीको व्यवस्था गर्न युएई सरकारसँग आग्रह गरेका थिए । नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसँगको भेटमा प्रधानमन्त्री दाहालले मृत्युदण्डको सजाय सुनाइएका बमलाई आममाफीको लागि आग्रह गरेपनि बमको उद्धार अझै उल्झनमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू