अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

(एनआरएनए)अष्ट्रियाको अध्यक्षमा ३ मतले जीवनजङ्ग कुँवर बिजयी

बिआरटीनेपाल २०७४ असार २० गते ४:३९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर निर्वाचित भएका छन्। आईतवार सम्मपन्न नर्वाचनमा प्रतिद्वन्धी डा. दीपक ढुंगानालाई ३ मतले हराउँदै कुँवर (एनआरएनए) अष्ट्रियाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कुल मतदाता संख्या ३५४ रहेको (एनआरएनए) अष्ट्रियाको निर्वाचनमा कुवरले १७४ मत प्राप्त गरेका थिए भने ढुंगानाले १७१ मत प्राप्त गरेका थिए ।

त्यस्तै यस्तै कुल मतदाता गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद संघ (आइसीसी) सदस्य पदमा शिव सापकोटा विजयी भएका छन् भने कार्यसमितिको उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजयी भए भने महिला उपाध्यक्षमा निरु लामिछाने चयन भइन्।

साधारणसभाले महासचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरणलाल श्रेष्ठ चयन भएको कार्यसमितीका अन्य पदाधिकारीमा महिला संयोजक भवानी तिवारी, सहकोषाध्यक्ष राजन श्रेष्ठ, सचिवमा निता सापकोटा र सम्झना गिरि निर्वाचित भए।

त्यस्तै सदस्यहरु बुद्धिबहादुर तामाङ, ध्रुव पौडेल, प्रसना निरौला, सबिन तिमल्सिना, डबिन गुरुङ, युवराज सुबेदी, राजकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू