अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

अमेरिकामा नेपालीहरू किन सात पटक खुसी हुन्छन् – विजय थापा

बिआरटीनेपाल २०७४ असार १५ गते ८:१४ मा प्रकाशित

मानिसको मनचिन्ते पुरा भए मानिस औधि खुसी हुन्छ l त्यसमा पनि सपनाको संसार अमेरिका आउन पाउँदा र आफूले ईक्षा गरेका कुराहरू प्राप्ति हुँदा मानिस अत्यधिक रमाउने गर्छन् l र अमेरिका आई पुगेका नेपालीहरू अमेरिकाको बसोबासमा धेरै पटक रमाएता पनि सात पटक जीवन भर नबिर्सने गरी खुसी हुन्छन् l

प्रथम-प्रवेश आज्ञा (भिसा):
अमेरिका आउने सपना लिएकाहरुका लागी अमेरिका जान पाउने फलामे ढोका अमेरिकन दूतावासले प्रवेश आज्ञाको टाचा लगाई दिने बितिकै खुसीको सीमा नै रहदैन l के गरौँ कसो गरुला भन्ने अनगिन्ती योजनाहरू मन मस्तिष्कमा आउदछ्न l अनि दङ्ग पर्दै जे कुरामा पनि हास्न मन लाग्ने हुन्छ l

दोस्रो- अमेरिका आई पुग्दा :
अवसरको भूमि अमेरिकामा पाउ टेक्ने बित्तिकै अत्यन्तै हर्ष लाग्छ l मन भित्रबाट खुसीले रमाएको हुन्छ l अमेरिका आईयो भन्दै गदगद हुइञ्छ l आफन्त भेट्दा झन् मन कति हो कति खुसी हुन्छ l अनुहार चहक हुन्छ l झोक्राएर आएको छ भने अनि अमेरिकामा प्रथम पटक जमिनमा खुट्टा टेक्दा निकै चरम आनन्द आउँछ l सोचेको भन्दा देश अति राम्रो लागेकोले निन्द्रा पनि कुम्भकर्ण जस्तै लाग्छ l

तेस्रो-जागिर पाउँदा:
हामी अमेरिका कमाउन आएकोले कमाउने भए पछि दङ्गको सीमा नै हुँदैन l जीवनमा कहिले काम नगरेकाले पनि अमेरिकामा काम पाउने हुनाले दुवै पुरुष तथा महिलाको मन फुरुंग हुन्छ l डलरको चस्का परे पछि प्रफुल्लित हुने गरिन्छ l

चौथो-स्थाई आवासीय पत्र तथा सामाजिक सुरक्षा पत्र:
अमेरिका आए पछि सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको स्थाई आवासीय पत्र ( ग्रिन कार्ड)तथा सामाजिक सुरक्षा पत्र (सोसल सेकुरिटी कार्ड )को हुन्छ l यो भएन भने हात बाधिन्छ l यी प्राप्त भए पछि अमेरिकाको माटोमा रमाएर बस्न पाइने हुन्छ l भीमकाय काम भएकोले हर्सोल्लास छाउछ l दङ्ग परिन्छ l खुलेर हासिन्छ l

पाचौ-अमेरिकन नागरिकता:
अमेरिका आउने अधिकांशले नागरिकता लिने कोसिस गर्छन् l नागरिकता पाए पछि त्यो भन्दा ठुलो दिन केही हुँदैन l मानिस मक्ख पर्छन l अत्यधिक हर्ष लाग्छ l मुसु मुसु र खित्का छोडेर हास्न मन लाग्छ l जीवनको अन्तिम लक्ष्य प्राप्त भएकोमा अनुहारको रङ्ग नै बदलिन्छ l

छैठौ- घर किन्दा:
नेपाल छोडेर सदा को लागि अमेरिका आएकाले घर किन्ने दाउमा हुन्छन् l नेपालमा भएको घर बेच्ने र यहाँ लगानी गर्ने प्रचलन भएकोले यहाँ थपथाप गरी घर किन्ने र जोड्ने भए पछि मानिस अत्यधिक खुसी देखिन्छन l घर किने पछि आनन्द लाग्दछ l मख्ख परिन्छ l बत्तिस दन्त देखाउदै हासिन्छ र दङ्ग हुइञ्छ l

सातौ- सवारी अनुमति चालक अनुमति पत्र :
गाडी हाक्न नेपाल भएता सरला भएता पनि ज्यादै गाडीको चाप भएकोले सवारी साधन चलाउनु भन्दा चालक अनुमति पत्र लिनु अत्यधिक ठुलो कुरा ठानिन्छ l लिखित परीक्षा र सडक परीक्षामा उत्रीण भए पछि युद्ध जिते जस्तै हुन्छ l जति खेर पनि हास्न मन लाग्छ l ठुलो तगारो पार लागे पछि मानिस दङ्ग र फुरुंग हुन्छ l

यसरि अमेरिकामा बसोबास गर्ने नेपाली सात पटक दङ्ग र ख़ुशी हुन्छन् l

प्रतिक्रिया