अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

सेक्सपछि ‘भर्जिन’ बन्न यस्तो पनि गर्छन् युवतीहरु (एउटा खोजमुलक रिपोर्ट)

बिआरटीनेपाल २०७४ असार १५ गते ८:०० मा प्रकाशित

यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रूपमा मान्छु र यसकारण निकै दुःखी छु ।’- उनले भनिन । हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौँ । जहाँ महिला रोग विज्ञहरु छन् । गुलाबी रङको वेटिङ रुममा महिलाहरू निकै धैर्यताका साथ प्रतीक्षा गरिरहेका छन् ।ट्युनिशियामा जब युवतीको विवाह हुन्छ, तबसम्म उनीहरू भर्जिन भएको विश्वास गरिन्छ । यसैकारण यहाँ भर्जिनिटी फेरि हासिल गर्नका लागि ‘हाईमन’ लगाउने कारोबार निकै फस्टाएको छ ।

यास्मिनले नक्कली हाइमन लगाएको बताइन् । एक सानो मेडिकल प्रक्रियाबाटै महिलाको गोप्य अङ्गमा हाइमन जोड्ने गरिन्छ । हाइमन एक प्रकारको झिल्ली जस्तो हुन्छ, त्यसलाई चिकित्सकहरुले जोड्ने गर्छन् । हाइमनलाई पुनः जोड्नु भर्जिनिटीलाई फिर्ता ल्याएको रूपमा लिने गरिन्छ । यास्मिनको दुई महिनापछि बिहे हुँदैछ । त्यसैले २८ बर्षीया यास्मिनलाई आफू भर्जिन नभएको चिन्ता छ । कतै श्रीमानले उनी भर्जिन भएको शङ्का पो गर्ने हुन कि भनेर चिन्तित देखिन्छन्, यास्मिन । ‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ,’ उनी भन्छिन्, ‘वा मेरा श्रीमानलाई यसबारे शङ्का नहोस् ।’

दबाब
ट्युनियसामा कतिपयको बिहे हुनासाथ डिभोर्स हुने गरेको घटना बाहिर आउन थालेको छ । त्यसको मुख्य कारण पुरुषले आफ्नी श्रीमती भर्जिन नभएको शङ्का गर्ने गरेको देखिएको छ । यास्मिन जन्म एक उदार परिवारमा जन्मेकी थिइन् । र, केहीबर्ष विदेशमा पनि बसेकी थिइन् । उनलाई डर छ कि उनका हुनेवाला जीवनसाथले उनका अतीतका यौन सम्बन्धका बारेमा शङ्का लाग्यो भने विवाह टुट्नेछ ।

‘मेरो एक पुरुषसँग अफेयर थियो ।’, यास्मिनले भनिन्, ‘त्यति बेला मैले कल्पना पनि गरेको थिइनँ कि भर्जिनिटीका विषयमा हाम्रो समाजमा कति दबाब हुने गर्छ र त्यसले कस्तो परिस्थिति ल्याउँछ ।’ ‘यस्तो अवस्थामा म निकै डराएकी छु । यदि मैले आफ्नो अफेयर सम्बन्धबारे भविष्यका श्रीमानलाई भनेँ भने निश्चय नै मेरो विवाह टुट्नेछ ।’,- चिन्तित हुँदै उनले भनिन् ।

ट्युनिशियामा जब युवतीको विवाह हुन्छ, तबसम्म उनीहरु भर्जिन भएको विश्वास गरिन्छ । यसैकारण यहाँ भर्जिनिटी फेरि हासिल गर्नका लागि ‘हाईमन’ लगाउने कारोबार निकै फस्टाएको छ ।

यास्मिनले हाइमन लगाउन करिब ४ सय अमेरिकी डलर (४० हजार रुपैँया) तिरिन् । यो लगाउन आधा घण्टाको समय लाग्छ । फेरि हाइमन लगाउन आधा घण्टाको समय लाग्छ । यही हाइमन लगाउन यास्मिनले केही महिनादेखि पैसा बचाएर राखेकी थिइन्, जुन उनको परिवारलाई समेत थाहा छैन । यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनाकोलोजिस्टले पूरा गर्नेछन्, जसको नाम हो डा. रशिद । डा. रशिदले एक हप्तामा दुईवटा यस्तो शल्यक्रिया गर्दछन् ।

डा. रशिदका अनुसार, पुनः हाइमन राख्न आउनेमध्ये ९९ प्रतिशत त्यस्ता महिला हुन्छन् जो आफ्नो परिवार र आफन्तको इज्जत जाने कुरामा डराएका हुन्छन् । यास्मिनकै जस्तो बढी उमेर भएका युवतीहरुले आफूहरू भर्जिन भएको लुकाउन चाहन्छन् । यद्यपि, हाइमन विभिन्न कारणले टुट्ने गर्छ, सेक्सका कारणले मात्रै हैन् । तर पनि महिलालाई गलत तरिकाले अपराधी ठहराइन्छ र उनीहरुमाथि विवाह पूर्व सेक्सको आरोप लगाइन्छ ।

‘गाइनाकोलोजिस्टले हाइमनलाई पुनः राखिदिने गर्दछन् । यो कुनै अपवाद होइन । यहाँ कुनै पनि डाक्टरले यसो गर्दैनन् । म निजी रूपमा यस्तो गर्छु किनभने म ती मानिससँग सहमत छैन जसले भर्जिनिटीलाई पवित्र मान्छन् । म भन्छु कि यो सबै पुरुष प्रभुत्व हो र म यसकाविरुद्ध युद्ध जारी राख्नेछु ।’- डा. रशिदले भने ।

भर्जिन नभए सम्बन्ध विच्छेद
ट्यूनिशिया उत्तरी अफ्रिकामा यस्तो देश हो, जहाँ महिलालाई अधिकार सम्पन्न गराएकोमा चर्चित छ । तर, धर्म र परम्पराका कारण यहाँ महिलालाई विवाह अघिसम्म भर्जिन रहन बाध्य बनाइन्छ । ट्युनिशियाको डिभोर्स नियममा यो प्रावधान पनि छ कि यदि श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले डिभोर्स दिन सक्छन् ।

समाजशास्त्री सामिया एलुमी भन्छिन- ‘ट्युनिशियाको समाज एक खुल्ला समाज हो तर हामी पाखण्डी भइरहेका छौँ । यहाँ सामाजिक रुढिवादी निकै प्रबल रूपमा छ र हामी यसलाई आधुनिक समाजमा सही मान्न सक्दैनौं । महिलाको कामुकता र उनीहरूको स्वतन्त्रताको मामलामा आधुनिकता अहिले पनि कोषौँ टाढा छ ।’ एउटा सरकारी विश्वविद्यालयमा मेरो भेट इशेनसँग भयो । २९ वर्षीय इशेन आउने वर्ष बिहे गर्दैछन् । मैले उनलाई सोधेँ – ‘के तिमी तिम्रो हुनेवाला श्रीमतीको भर्जिनटीको बारेमा वास्ता गर्छौ कि गदैनौँ ?’ तर, उनले जबाफ दिए- ‘यो मेरो लागि धेरै भन्दा धेरै महत्त्वपूर्ण छ ।’

‘यदि मलाई विवाहपछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा भए म उनलाई पुनः विश्वास गर्दिन । म यसलाई धोकाको रूपमा हेर्नेछु । म नक्कली हाइमनमा विश्वास गर्दिनँ । मलाई लाग्छ कि यसले काम गर्दैन ।’- इशेनले भने । इशेन नजिकै बसेका उनका साथीले भने ट्युनिशियाली परम्पराका कारण महिलाले प्रताडना झेल्नुपरेको बताए । ‘यो पाखण्ड मात्र हो मेरो लागि,’ उनले भने, ‘यदि पुरुषले विवाहपूर्व यौनसम्बन्ध राख्न सक्छ भने महिला भने महिलालाई मात्रै किन कठघरामा खडा गरिनुपर्ने ?

सेहम हसैनी, बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू