अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

न्युजर्सी सहरले नेपालको झन्डा फहराउने

बिआरटीनेपाल २०७४ असार १४ गते १०:०९ मा प्रकाशित

अमेरिकाको न्युजर्सीका नगर प्रमुख स्टेभन फुलपले नेपालको झन्डा फहराउने भएका छन् । आगामी जुन ३० तारिख शुक्रवार ३ बजे एक कार्यक्रमका बिच नगर प्रमुख फुलपले नेपालको झन्डा फहराउने जनाइएको छ ।

आगामी जुन ३० लाई न्युजर्सी सिटीले नेपालको झन्डा फहराउने दिवस घोषणा गरेको हो । नेपाल र नेपालीको सम्मानको लागि नेपालको झन्डा फहराउने दिवस मनाउन लागिएको हो । कार्यक्रम २८० ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको नगर कक्ष मा हुनेछ ।

कार्यक्रममा उपस्थितिका लागि विविध नेपाली पहिरनमा सहभागिता जनाउन आयोजकले अनुरोध गरेका छन् । उक्त दिन जर्सी सिटी नेपालको झन्डा फहराउने दोस्रो अमेरिही सहर बन्ने छ । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झन्डा फहराएको थियो । त्यस्तै कोलोराडोको सिटी अफ डेनभरले अप्रिल महिनाको तेस्रो आइतबारलाई नेपाल दिवसका रूपमा मनाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू