अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

एनआरएन अमेरिकाको अध्यक्षका उम्मेदवार गौरी जोशीको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७४ असार १३ गते २३:५७ मा प्रकाशित

जुन २७, २०१७
आदरणीय एनआरएन साथीहरू नमस्कार,
सबैभन्दा पहिला त एनआरएन अमेरिकाको आगामी भविष्य सुधार गर्दै बलियो र उदाहरणिय एनआरएन अमेरिका बनाउनका लागि यंहाहरुले देखाउनु भएको चासो र हाम्रो अभियानप्रती देखाउनुभएकोे हौसलाको उच्च सम्मान गर्न चाहन्छु ।

अग्रज तथा सहयात्री साथीहरू, यंहाहरु सबैलाई अवगत नै छ, हामी यति बेला एनआरएन अमेरिकालाई यस भद्रगोल अवस्थालाई व्यापक सुधार गर्दै नयाँ यात्रामा लैजानका लागि निर्वाचनको ब्यग्र प्रतीक्षामा छौँ । यतिबेलासम्म निर्वाचन सम्पन्न भई नयाँ कार्यसमितिले काम थालिसक्नु पर्ने बेला भइसकेको थियो तर पनि वर्तमान समितिकै कमोजोरी र निर्वाचनमा जान गरेको ढिला सुस्तीका कारण हामी आजसम्म पनि निर्वाचनको मितिकै प्रतीक्षामा रहनु परेको छ ।

यंहाहरुको साथ र हौसलाका साथ मैले तपाईँ हामी सबैको साझा र बलियो एनआरएन अमेरिका बनाउने अभियानको नेतृत्व गर्न अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको कुरा त सर्बबिदित नै छ । म अहिले अमेरिकाको विभिन्न राज्यमा रहनुभएका एनआरएन साथीहरूसँग भेटघाट र छलफलका क्रममा हिडिरंहदा यंहाहरुले म प्रतिन देखाएको माया र साथले थप उत्साहित बनाएको छ ।

साथीहरू, यति बेला निर्वाचन नजिक आइरहेको बेला र हामीले निर्वाचन जित्ने निश्चित भएको बेला केही नियोजीत रूपमा सुरु गरिएका अनलाइन मार्फत सामाजिक सञ्जालमा मेरो व्यक्तिगत जीवन र सामाजिक यात्रा प्रति भ्रम पैदा गर्ने खालका विभिन्न समाचारहरु प्रकाशन गर्न खोजेको देख्दा मेरो ध्यानआर्कषण भएको छ । हामी अमेरिका जस्तो प्रजातान्त्रिक मूलकमा छौँ र प्रजातन्त्रको अभ्यास निर्वाचनमा जान डराउदै अरुप्रती भ्रम पैदा गर्न खोज्नु असफल प्रयासमात्र हुने कुरा पनि म सम्बन्धित पक्षलाई सचेत गराउंछु । हामी स्वच्छ प्रतिष्प्रधा र निर्वाचनमा जान तयार रहेको जानकारी गराउंदै अरूलाई पनि स्वच्छ प्रतिस्पर्धामा उत्रन आब्हान गर्दछु । पत्रकारिता सम्मानित पेसा हो, अमेरिकाको नेपाली समुदायमा पत्रकारहरुले धेरै राम्रो खेल्नु भएको कुरा हामी सबैलाई थाहै छ तर केही नामै नसुनिएका र पित पत्रकारिता मार्फत मेरो व्यक्तिगत जीवनमा लगाउन खोजेको आक्षेपको भने म निन्दा गर्दछु ।

अन्त्यमा, अमेरिकामा रहनुभएका सम्पूर्ण एनआरएन साथीहरू यंहाहरुसबैलाई एनआरएन अमेरिका सुधारको हाम्रो यस अभियानमा यंहाहरु सबैको थप खबरदारी र साथको अपेक्षा समेत गर्दछु ।

धन्यवाद
गौरी जोशी
एनआरएन अमेरिकाको अध्यक्षका उम्मेदवार
टेक्सस, अमेरिका

प्रतिक्रिया