अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

दोस्रो नेप्लीज अमेरिकन कन्भेन्सन को तयारी पुरा

बिआरटीनेपाल २०७४ असार १३ गते २३:३१ मा प्रकाशित

आगामी जुन ३० देखि जुलाई २ सम्म हुने अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुन् गई रहेको दोस्रो नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनको तयारी पुरा भएको छ l उक्त सम्मेलनमा सहभागी हुन् केही अतिथिहरु नेपाल बाट अमेरिका आई सकेका छन् भने केही सहभागीहरू आकाश मार्गमा उडी रहेको जानकारी कार्यक्रम संयोजक/बजार व्यवस्थापक प्याट्रिक सुबेदीले दिएका छन् ।

सबै समिति तथा उप समितिले आ-आफ्नो जिम्मेवारी बहन गर्दै सम्मेलनलाई पूर्ण सफलता बनाउन कुनै कसर नछोड्ने सुबेदीले थप जानकारी दिएका छन् l सम्मेलनको आकर्षण भेषभूषा प्रदर्शन को साथै खेलकुद, मनोरंजन, विविध मञ्च, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने भएको छ l

सम्मेलन को आयोजना एफ १ समूहले गरेको हो भने नेपाली समाज टेक्सस को सहयोगमा सम्मेलन हुने छन् l अमेरिकाका विभिन्न राज्यहरू बाट हाल सम्म भकुण्डो खेलमा १२ वटा खेलकुद टोलीले सहभागी जनाउने निश्चित गरेको छ l यसै गरी बास्केट बलमा ८ वटा टोली ,भलिबल ५ वटाटोलि ,क्रिकेट ४ वटा टोली तथा महिला तथा बालबालिकाका भलिबल र बास्केट बल खेल पनि संलग्न गरिने भएको छ l उक्त सम्मेलनको सांस्कृतिक कार्यक्रम अन्तर्गत मेगा कन्सर्टमा प्रज्वल बज्रचार्य ,राजेन्द्र कर्ण ,फिरोज स्याँग दन ,रेन्जी शेर्पा तथा रोकेश गुरुङ पूर्ण तयारीमा जुटेका छन् l

यसै गरी सांस्कृतिक कार्यक्रमको लागी नलिना चित्रकार ,सन्दिप छेत्री ,मम्पी घोष ,प्रियंका कार्की ,विवेक श्रेष्ठ ,समीर आचार्य ,प्राथना ,भबिषा ,अनुषा कार्की ,सक्षम मिश्रा ,रस्मिता भण्डारी ,सोनी राज भण्डारीको प्रस्तुति को साथै स्थानीय प्रतिभाशाली कलाकारहरूको समेत प्रस्तुत रहने छ l सांस्कृतिक कार्यक्रमको कार्यक्रम प्रस्तोता जिज्ञासा अर्याल ले गर्ने भएकी छिन् l

हरेक दिन डिजे रात्रि हुने छ भने बालबालिकाको कार्यक्रमहरू रहने छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू