अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

‘म यस्तो गीत गाउँछु’को चासो थपियो पल शाह र पुजा शर्माको हातमा हतकडी देखेपछि

बिआरटीनेपाल २०७४ असार १३ गते १२:०० मा प्रकाशित

यहि असार ३० गतेबाट देशभरी प्रदर्शनमा आउने चलचित्र ‘म यस्तो गीत गाउँछु’को चर्चा भइँरहदा चलचित्रका मुख्य पात्र पल शाह र पुजा शर्माको हातमा हतकडी लगाएको नयाँ पोष्टर सार्वजनिक भएको छ ।

यो जोडीको प्रेम सम्बन्ध चलचित्रभित्र छ भन्ने सार्वजनिक ट्रेलरले पनि बताइसकेको कुरा हो । तर प्रदर्शनको मिति नजिकिदै गर्दा यो जोडीको हातमा हथकडी लगाइएको पोष्टर सार्वजनिक हुँदा दर्शकमाझ थप कौतुहल्ता थपिएको छ । चलचित्रको ट्रेलरमा हेर्नेहो भने यो जोडीको प्रेमको बिचमा बिभिन्न बाधाअर्चनहरु आएको पाइन्छ तर ट्रेलरमा हथकडी भने देखाइएको थिएन । चलचित्रमा चोखो माया गरेको यो जोडीलाई कसले र किन लगाइयो त हथकडी भनेर बुझ्नका लागी भने असार ३० कुर्नै पर्ने देखिन्छ ।

चलचित्र लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।  यो भन्दा अघि ‘मेरो एउटा साथी छ’ , ‘प्रेमगीत’ लगायतका हिट चलचित्र दर्शक माझ प्रस्तुत गरिसकेका सुदर्शनले यो चलचित्रमा लाई दर्शकले मन पराउनेमा पुर्ण आशावादी रहेको बताउछन् । चलचित्रलाई दर्शकले मन पराउनु हुन्छ त भन्ने प्रश्नमा सुर्दशन भन्छन्— ‘मैले चलचित्रमा निकै नै मेहनत गरेको छु । यसपटक त अझै निर्माता पनि आफै भएकोले अझ बढी मेहनत छ । आफुले चलचित्रलाई जुन किसिमको लगाव दिएको छु त्यो कारणले पनि दर्शकले मन पराउनु हुन्छ भन्ने लाग्छ किनकी चलचित्र राम्रो बनाउनमा कुनै कसुर बाँकी राखेको छैन ।’

दर्शकले चलचित्रको सार्वजनिक गीतहरुलाई पनि उत्तिकै मन पराएका छन् । ‘भन्छु आज’ र  ‘किन आजकल’ बोलको गीत यतिखेर धेरैको मुखमा झुण्डिएको पाउछौं । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रतिक्रिया