अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

ए एन ए को चुनावी नतिजा सार्वजनिक

बिआरटीनेपाल २०७४ असार १२ गते २२:२१ मा प्रकाशित

अमेरिका २६ जुन / अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो संस्था ए एन ए को चुनावी नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार अध्यक्ष मा मेदिनी अधिकारी, वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, उपाध्यक्षहरुमा क्यानडा को लागि डा तुलसी धरेल, मध्य क्षेत्र राजेन्द्र खतिवडा र पश्चिम क्षेत्रमा मुकुन्द ढुंगाना रहेका छन् । सञ्चार सदस्यमा दुर्गा दाहाल र युवा संयोजकमा श्याम सेढाइ रहेका छन् । निर्वाचित समितिले २ जुलाई २०१७ मा मेरिल्याण्ड्मा हुने सम्मेलनमा सपथ ग्रहण गर्ने योजना रहेको छ ।

निर्वाचन समितिमा महेन्द्र कार्की संयोजक, कृष्ण निरौला उप-संयोजक र बिजयराज भट्टराई सदस्य रहेका थिए ।

नेपालीहरूको अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन कमिटी द्वारा प्रेषित सार्वजनिक सूचना अनुसार सबै पदाधिकारीहरू निर्बिरोध निर्वाचित भएको जनाइएको छ।

निर्वाचन कमिटी चेयर महेन्द्र कार्की, कोचेयर कृष्ण निरौला तथा सदस्य विजयराज भट्टराई ले जनाकारी गराउनु भए अनुसार ए.एन.ए.२०१७ – २०२० नव निर्वाचित कार्यकारिणी समिति यस प्रकार रहेको छ:

अध्यक्ष: मेदिनी अधिकारी, मेरिल्याण्ड
ब. उपाध्यक्ष: खगेन्द्र अधिकारी, भर्जिनिया
उपाध्यक्ष: डा. तुल्सी धरेल, (क्यानडा)
उपाध्यक्ष: राजेन्द्र खतिवडा, शिकागो (सेन्ट्रल रिजन अमेरिका)
उपाध्यक्ष: मुकुन्द ढुंगाना, लसएञ्जलस (वेस्टर्न रिजन अमेरिका )
कम्युनिकेसन डिरेक्टर: दुर्गा दाहाल, सन् फ्रान्सिस्को
युथ कोअर्डिनेटर: श्याम सेढाई, एटलाण्टा

गत जुलाई १ देखि ४ सम्म टलाण्टा मा भव्य सम्पन्न ३३ सौ राष्ट्रिय सम्मेलन मा पारित नयाँ विधान अनुसार निर्वाचन कमिटी गठन गरी गत मे देखि नै चरणबद्ध निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो। एएनए विधान अनुसार यस संस्था का लाइफ मेम्बरहरु मात्र निर्वाचन प्रक्रियामा सहभागी रहन्छन।

सन १९८३ मा स्थापना भएको ए.एन. ए. उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो संस्था हो। यसले अमेरिका तथा क्यानडा दुवै मुलुकमा नेपालीहरूको प्रतिनिधित्व गर्दछ। यस संस्था ले नै अमेरिकामा नेपालीहरूको संस्थागत विकास को सुरुवात गरेको हो।

प्रतिक्रिया