अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

नेपाल कम्युनिष्ट पार्टीको अफिसियल वेभसाइट सार्वजनिक

बिआरटीनेपाल २०७४ असार १२ गते ११:४९ मा प्रकाशित
नेपाल कम्युनिष्ट पार्टीको वेभसाइट सार्वजनिक भएको छ ।  राजधानीको अनामनगरस्थित संवाद डबलीमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले उद्घाटन गरेर पार्टीको अफिसियल वेभसाइट सार्वजनिक गरेका हुन्  ।
सार्वजनिक कार्यक्रममा बोल्दै नेता कञ्चनले नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियता, स्वाधीनता र समृद्धिको लागि राजनीतिक संघर्ष चलाइरहेको परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई पार्टीको गतिविधिबारे तुरुन्त जानकारी दिने उद्देश्यले वेभसाइट संचालन गरिएको बताए ।
विश्वमा साम्राज्वादी दलालहरुको सत्ता मरणसन्न अवस्थाउन्मुख भइरहेको बेला क्रान्तिकारीहरुको विचार र आवाजलाई जनतासामू लैजान वेभसाइटको महत्व ठूलो भूमिका रहने विश्वास नेता कञ्चनले बताए । मिडियाको क्रान्तिकारी भूमिकाले क्रान्तिलाई गतिशीलता दिने र जनतालाई क्रान्तिकारीको पक्षमा गोलबन्द हुन सकारात्मक भूमिका खेल्दै एकीकृत जनक्रान्तिको सेवा गर्ने बताए ।
वेभसाइटमा पार्टीको दस्तावेज, विज्ञप्ति, कार्यक्रमलगायत गतिविधिहरुलाई राखिभएको छ । पार्टीको गतिविधिलाई नियमित रुपमा अपडेट गर्ने साथै  संचारमाध्यमले पनि यसैबाट आवश्यक सामाग्री लिन सकिने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । वेभसाइटको नाम www.thecpn.org रहेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू