अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

अमेरिकाको कोलोराडोमा भलिबल प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७४ असार ११ गते २२:०६ मा प्रकाशित

ग्लोबल भुटानिज कमुनिटी कोलोराडोको आयोजनामा आज (जुन २५) आइतबार अन्तर कमुनिटी भलिबल प्रतियोगिता डेलमार्क पार्क, अरोरामा सम्पन्न भएको छ । कोलोराडोको नेपाली तथा विदेशी समुदायका ६ टिमले दर्ता गरेको उक्त प्रतिस्पर्धामा बर्मिज कम्युनिटिले बाजी मारेको छ भने भुटानिज टिम उप बिजयता भएको छ । भुटान, नेपाल, बर्मा, अफ्गान र लुथरन फेमिलीका टिमहरु सहभागी भएको थियो । 

प्रतियोगिता हेर्न विभिन्न समुदायको करिब १५० जति दर्शकहरुको साथै रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठी, किरात कम्युनिटी अफ कोलोराडो अध्यक्ष भीम राई, पत्रकार हेम गिरी, सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । 

प्रथम तथा दोस्रो स्थान प्राप्त गर्नेलाई पदक तथा ट्रफी वितरण गरिएको थियो भने अन्य खेलाडीहरुलाई भलिबल प्रदान गरिएको जानकारी ग्लोबल भुटानिज अध्यक्ष सोम बरालले बिआरटी नेपाललाई दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू