अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

मुक्तक मेलाको भव्य तयारीमा कोरिया

बिआरटीनेपाल २०७४ असार ११ गते १९:३४ मा प्रकाशित

अनेसास कोरियाको आयोजनामा आउँदो जुलाई ९ तारिख आइतबारका दिन कोरियाको राजधानी सौलमा मुक्तक मेला गर्ने भएको छ ।

अनेसास कोरियाका अध्यक्ष कृश बाबु गुल्मेलीकाअनुसार मुक्तक मेला काव्य-सुधामा विशेष रहेको र नेपाली मुक्तक विधालाई अझ विकास र विस्तार गर्न कोरिया मै पहिलो पहिलो पट्क मुक्तक मेला थालिएको बताए। मुक्तक मेलामा सयौँ कोरियाबासी नेपाली सर्जकहरुले आफ्ना मुक्तकहरु वाचन गर्नेछन । मुक्तक मेलाको मुख्य आकर्षणका रूपमा मुक्तककारहरू बलदेव भट्टराई, नारायण भुसाल, गङ्गा बस्नेत, दीपेन्द्र भट्टराई, प्रमोद सारंग, समीर यात्री, महेन्द्र केसी,पूर्वेली गाउँले र रेसम अधिकारीका बेजोड मुक्तकहरूको प्रस्तुति रहने छ । कार्यक्रम सौल स्थित शुभेच्छा होटलको सभाहलमा आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक डी आर न्यौपाने “सूर्य”ले प्रवासमा मुक्तक विधाको लेखन तीव्र गतिमा बढेको र नेपाली मुक्तक विधाको श्रीवृद्धि र विकासका लागि देश तथा विदेशमा यस्ता कार्यक्रम हुनुले हौसला र प्रोत्साहन मिल्ने बताए ।च्याप्टरले यसअघि उत्कृष्ट कवि तथा चर्चित गजलकारहरूको साथमा कविता वाचन तथा गजल मुशायरा सन्चालन गरिसकेको छ भने हालै मात्र प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्वकाव्य गोष्ठी सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू