अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

अमेरिकामा डलर कमाउन हामी किन हतार गर्छौ ? बिजय थापा

बिआरटीनेपाल २०७४ असार ११ गते १७:५२ मा प्रकाशित

यो कुरा निश्चित छ धनको डकार कसैलाई आउदैन l अमेरिका आए पछि मानिसलाई धन कमाउन हतार पर्दछ l अमेरिका छिरेको केही वर्षमा घर खरिद गरे पछि टाउको ३० बर्से किस्ताबन्दी छिटो तिर्न पाए आनन्द ले जुनी काट्न पाइन्छ भन्ने लाग्दछ l

घरको किस्ता मात्र सकियो भने के के गर्छु भन्ने दिवा सपना दिउसै देखिन्छ l ३ दशके यो बोझ चुक्ता गर्न पाए जीवन भर मुक्ति पाइने भएकोले द्रब्य कमाउन हतार हुन्छ l त्यो कमाउन मरीहत्ते गरी कमाउनु पर्ने हुन्छ l

अमेरिकामा यसको उपायको लागि तन र मन लगाएर काम गर्दा पनि छिटो कमाउन सकिँदैन l यसको लागि सरल र छिटो उपाय भनेको नै चिट्ठा हो l अमेरिकामा नेपालीहरू पनि अत्यधिक चिट्ठा खेल्दछन l भाग्य चम्काउदछन l थुप्रै नेपालीहरू चिट्ठाको कारण कुबेर भएका पनि छन् l चिट्ठा पाउन साथ घरको ३० बर्से किस्ता चुक्ता गर्दछन् l एक पटक चुक्ता भए पछि मन हलुङ्गो ,ज्यान चंगा र मस्तिष्क अत्यधिक फुर्तिलो हुन्छ l त्यस कारण मानिस अमेरिकामा छिटो र रातोरात कमाउन चाहन्छन l

अलिक पैसा कतैबाट आयो भने पहेलो धातु (सुन )किन्न को सट्टा घरको सावा र ब्याज कटाउन चाहन्छन l अमेरिका द्रुत गतिमा चल्छ l जसको कारण मानिसलाई स्वतः रूपमा छिटो छरितो बनाई दिन्छ l

अमेरिकामा असल मार्गबाट धन कमाउन समय लाग्दछ l काम गरेर र धन्धा गरेर छिटो कमाउन मुस्किल पर्दछ l लाखौँ ,करोडौ मानिसलाई भाग्यले साथ दिन्छ l रातारात धनी बन्दछन l करोड र अरबको चिट्ठा परे पछि धनाढ्य भइन्छ l तर यसको भर गरे जुँगा ,दाह्री र कपालले सेतो फुल्दछ l युगौ युग बित्दछ l

अमेरिकामा पैसा कमाइन्छ तर समय लाग्द्छ l अमेरिका आउने बित्तिकै केही दिन मै छु मन्तर हुँदैन l बोरामा पैसा कमाउने भन्ने हुँदैन l त्यसरी कमाउने सकिँदैन l कमाउन धैर्य धारण गर्नु पर्ने हुन्छ l

अन्य देश जस्तै नेपालबाटै विदेश गै पैसा कमाउने भने जस्तो अमेरिकामा हुँदैन l काम गर्ने अनुमति तथा कानुनी प्रक्रिया पुरा गर्नु पर्छ l गैर कानुनी रूपमा बसोबास गरी नकमाइने भन्ने चैँ हैन l लाखौँ आप्रवासीहरु यसरि नै कमाई रहेका छन् l अमेरिकाको कानुन र राज्यले काम गर्ने अनुमति प्रदान गरे पछि मानिसको कमाउने बाटो खुल्दछ l समय कुर्नु पर्छ ,अनि द्रब्य कमाउन सकिन्छ l

अमेरिकामा डलरको खेती हुँदैन l अमेरिकामा छिटो र प्रशस्त कमाउन सकिन्छ भन्ने सोचिन्छ l मेहनत र कडा परिश्रम गर्नेको अमेरिकामा मालामाल हुन्छ lजुनसुकै कारण बाट अमेरिका आएता पनि सर्वप्रथम मानिस कसै गरी कमाउन चाहन्छन l लामो समय देखि बसोबास गरी जमेर बसेका मानिस देखे पछि नयाँ आगन्तुक लाई भत्भति पोल्दछ l जसको कारण ज्वरो आउने हुन्छ l अमेरिका आए पछि थलिनु पर्ने पनि हुन्छ l
नेपालमा आफूले भेटेका र चिने जानेका हैसियतका मानिस अमेरिकामा धनाढ्य देखे पछि नयाँ मानिसलाई पनि रातोरात कुबर बन्न मन लाग्द्छ l छट्पट हुन्छ l

अरूको शानदार गाडी ,ठुला घर र अरब पतिको जस्तो हाउ भाउ देख्दा झन् ब्याकुल हुने अवस्था आउदछ l यसले झन् मनोबैज्ञानिक रूपले मस्तिस्कलाई प्रभाव पार्दछ l केही मानिस सफल पनि हुन्छन् l

तुलनात्मक रूपमा हामी सीप तथा शिक्षामा भारत र चिन देशको तुलनामा केही कमी छौ l तर अब त्यस्तो अवस्था बाट हामी निकै अगाडी आई सकेका छौ l नेपाल बाट आएर झिटी गुन्टा बिसाएको छैन धन कमाउन पाए र छिट्टै धनी हुन् पाए हुन्थ्यो भनी कल्पना पनि हुन्छ l

अमेरिकामा जाग्राम बसेर अर्थ कमाईदैन l त्यसो लागि सीप लिनु पर्छ,पढाई गर्नु पर्छ ,त्यसको लागि अहोरात्र मेहनत गर्नु पर्छ l अनि यत्र तत्र सर्वत्र धन नै धन l ८-१० वर्ष कला र केही सीप लिए द्रब्य कमाउन कसैले रोक्दैन l त्यसको लागि मेहनत को साथै खप्परमा लेखेको पनि हुनु पर्छ l

हामी सबैलाई धन छिटो कमाउन मन हुन्छ l शीघ्र ऋण बाट मुक्त हुन् चाहन्छौ l भाग्यले साथ दिए छिटो धन कमाउने सपना पनि पुरा हुन्छ l तर त्यसको भर मात्र परे सबै स्वाहा हुन्छ l

कर्म गर्दै जाने, एक दिन पक्कै मूद्रा कमाउने दिन कसो न आउला त् ? अमेरिकामा आए पछि रेलगाडी छुट्दैन l प्रशस्त अवसर पाइन्छ l हतार गर्दा राम्रो तर रक्तचाप तथा विभिन्न रोग नै बढाउने अथाह मुद्रा नै कमाउने गरी स्वा स्वा र फ्या फ्या नगर्दा नै उत्तम l

प्रतिक्रिया