अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

नर्थ क्यारोलिनामा महापुराण हुने

बिआरटीनेपाल २०७४ असार ११ गते १३:५६ मा प्रकाशित

प्रवासमा नेपाली समुदाय बढेसंगै नेपालीको जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सांस्कृतिक कार्यका लागि आआफ्नो बसोबास क्षेत्रमा आफ्नै सामुदायिक भवन र मन्दिर बनाउन जुटेका छन् । खास गरी अमेरिकामा धेरै नेपाली समुदाय रहेका स्थानहरुमा यसरी नेपाली समुदायले न्यु योर्क, बोस्टन, क्यालिफोनिया, टेक्सासलागायत स्थानहरुमा सामुदायिक भवन बनाई सकेको सन्दर्भमा यतिखेर नर्थक्यारोलिनाको हाई पोइन्ट ग्रीन्सबोरोमा पनि सामुदायिक भवन बनाउन नेपाली समुदायका अगुवाहरु जुटेका छन् ।

लामोसमयदेखि नेपाली समुदायको बसोबास बढ्दै जाँदा आफ्नै समुदायका लागि धार्मिक तथा सांस्कृति कार्य गर्ने र जमघट हुने उपयुक्त स्थानको अभाव महसुस भएकोले नर्थक्यारोलिनामा नेपाली सामुदायिक भवन बनाउन लागिएको टिएनसिसिका संस्थापक अध्यक्ष वसन्त खड्काले बताए । नर्थक्यारोलिनामा पछिल्लो समय नेपालीहरूको बसोबास बढ्दै गएकोले त्यसैलाई मध्यनजर गर्दै आगामी अगष्ट १५ देखि १९ सम्म टिएनसिसिको प्रंगणमा पाँच दिने महापुराण महाज्ञान गरिने भएकोले त्यसमा सहभागी हुन र सक्दो सहयोग गर्न आव्हान गरिएको टिएनसिसिका निवर्तमान अध्यक्ष डा नारायण खड्काले बताए ।

प्रवासमा जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सांस्कृति कार्य गर्ने थलोका रूपमा आफ्नै सामुदायिक भवन बनाउने र जहाँ नेपाली समुदायभित्र हुने जन्मपछि गरिने न्वारनदेखि मृत्युपछिको अन्तिम संस्कारसम्मका यस्ता भवनहरू लाभदायिक हुनेभएकाले निर्माण गर्न लागिएको टिएनसिसिका सस्थापक अध्यक्ष डा नारायण खड्काले बताए । नासाका महासचिव शिव विष्टका अनुसार सप्ताहको मूल वाचक वाचन प्रवीण पण्डित् दिनबन्धु पोख्रेल रहने छन् र त्यसका लागि पण्डित पोख्रेलको सप्ताहमा आउने निश्चित भएको छ । सो कार्यक्रममा सहभागी भई भव्य सँग सफल पारि सहयोग गर्न हुन महासचिव विष्टले आव्हान गर्नुभयो ।

यस्तो भवन बनाउन कम्तीमा ५ लाख डलरसम्म रकम आवश्यक पर्ने अनुमान गरिएको टिएनसिसिले गरेको छ । सहयोगी दाताहरुले दिएको सहयोग रकमबाटै सामाुदायिक भवन बनाईने भएकोले अमेरिकामा बसोबास गर्ने सबै नेपालीहरूलाई सहयोगका लागि आव्हान गरिएको संस्थाका अध्यक्ष सान्त्वना खड्काले बताए । भवनमा मन्दिर तथा पूजापाठ कक्ष, सभा हलसहित आन्तरिक पूर्वाधारका साथै नेपाली भाषा सस्कृति र सस्कार झल्कीने सबै हिसाबले योग्य भवन हुनेछ ।

सप्ताहलाई भव्य र सफल बनाउन यस क्षेत्रमा रहेका नेपालीलाई समावेश गरेर एक सय ५१ सदस्यीय मूल आयोजक समिति प्रसिम पौडेलको अध्यक्षमा निर्माण गरिएको छ । नेपालीहरूका विवाह, ब्रतबन्ध, छेवार, पूजापाठ, भोज–भतेर लगायतका कार्यक्रम गर्न आफ्नै सामुदायिक भवन नहुँदा अहिले होटेल, रेष्टुरेन्ट र अन्य स्थानमा जानुपर्ने बाध्यता छ । यसले नेपालीका यस्ता कार्यक्रम खर्चिलो र झन्झटिलो हुने गरेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै आफ्नो समुदायका हरेक गतिविधिका लागि उपयुक्त भवन आवश्यक ठानिएको हो । आफ्नो सामुदायिक भवन नभएकै कारण नेपालीहरू कार्यक्रमस्थलका लागि महँगो शुल्क तिर्न बाध्य छन् । यही अवस्थालाई मध्यनजर गर्दै स्थापना गर्न लागिएको नेपाली सामुदायिक भवनबाट नेपालीका साथै नेपालीभाषी भुटानी पनि लाभान्वित हुनेछन ।

यस अघि नेपालीहरूको बसोबास बढी रहेको बोस्टन, न्यु योर्क, क्यालिफोनिया, टेक्सासमा सामुदायिक भवनसहितको मन्दिर स्थापना गरिएका छन् । टेक्सासमा रहेको नेपाली मन्दिरमा हप्तैपिच्छे बिदाका दिन सयौ नेपाली जम्मा भएका पुजापाठ आदि गर्ने गर्दछन् ।

पं. पोखरेलले करिब १२ वर्षको अवधिमा देशका ६८ जिल्ला पुगेर हालसम्म पाँच सय भन्दा बढी धार्मिक अनुष्ठान एवं कार्यक्रमहरू आयोजना गरिसकेका छन् । उनको वाचन कलाको प्रशंसा र प्रभाव नेपालदेखि एसिया, युरोप र अमेरिकासम्म फैलिएका नेपालीहरुबीच पनि उत्तिकै छ । उनको यतिखेर विदेशमा पनि माग बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू