अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

यौन बिद्रोह बोकेको ‘नमस्ते काठमाडौं’ माथि अन्तरक्रिया

बिआरटीनेपाल २०७४ असार ११ गते ९:५१ मा प्रकाशित

सञ्चारकर्मी, फिल्म निर्देशक तथा साहित्यकार डब्बु क्षत्रीले नमस्ते काठमान्डु यौन विद्रोहको दस्तावेज भएको बताएका छन् । यो कुनै सस्तो यौन पुस्तक नभएर यौनले निम्त्याउने समस्या बिरुद्ध बिद्रोहयुक्त कथाहरुको पुस्तक भएको बताएका छन् ।  चलचित्र पत्रकार संघ मकवानपुरद्धारा नमस्ते काठमान्डुमाथि शनिबार हेटौंडामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा क्षत्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अन्र्तक्रियामा उनले यौनका बारेमा नेपाली समाजमा हुने गरेको संकुचित धारणापछि त्यसले निम्त्याउने बकृति र बिद्रोहका घटनालाई कथानक रुप दिएर पुस्तकमा ल्याएको प्रस्ट पार्दै भने,‘नमस्ते काठमान्डूका कथाहरुमा यौन अस्लिलता नभएर यौन बिद्रोह रहेका छन् । सँग्रहका कथा पढेर यौन अपराध गर्नबाट सचेत रहन यसले सावधानी गराउँछ ।’

पत्रकार धु्रव अधिकारीले सहजीकरण गरेको अन्र्तक्रियामा कथाकार क्षेत्रीले पत्रकारिता गर्दा समाजमा देखेको घटनालाई कथामा बुनेको बताए । आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो संग्रहमा ल्याएको उल्लेख गरे । कथासंग्रहमा यौन चपेटाको सिकार हुन बाध्य विभिन्न उमेरका नारी–पुरुषको कारुणिक पीडा प्रस्तुत गरिएको क्षत्रीले बताए । उनले सबै उमेर समूहले पुस्तक अध्ययन गर्न सक्ने उल्लेख गरे । अधिकांश कथा महिलाको पक्षमा रहेको क्षत्रीले बताए । यौनपीडामा पिल्सिएर पीडा लुकाई बा“च्न विवश पात्रहरूको प्रतिनिधि पीडा र अन्याय विरुद्धको आवाजका रूपमा कथासंग्रह रहेको दाबी उनको छ ।

चलचित्र विकास बोर्डका सदस्य एवं चलचित्र निर्माता, वितरक नरेन्द्र महर्जनले नमस्ते काठमान्डूका कथाहरुले पाठकमा यौनबारे सचेतना जगाउने बताए । पत्रकारिता र चलचित्र निर्देशनमा आफुलाई स्थापित गरेका क्षत्रीले नमस्ते काठमान्डूमा पनि अब्बल कथा ल्याएको महर्जनले बताए ।

पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंले कतीपय कथाहरु केस स्टडी हिसाबले विभिन्न घटनालाई उठान गरेर ससक्त र रोचक रुपमा नमस्ते काठमान्डूमा प्रस्तुति गरिएको चर्चा गरे । यौन कथा भन्नासाथ परिवारमा लुकेर पढ्ने प्रचलन अहिले पनि रहेको स्मरण गराउँदै नमस्ते काठमान्डू परिवारका सदस्यसँग पढ्न सकिने उनले बताए । सँग्रहका कथा रोचक र नौला हुनुका साथै यसले यौन अपराध सम्बन्धि शिक्षा तथा मानवीय यौन मनोविज्ञापन बुझ्न सघाउने पनि बताए ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले पनि पुस्तक सन्देशमुलक र पठानीय भएकाले आफुहरुले यसको बारेमा बहस कार्यक्रम राखेको जानकारी गराए ।

नमस्ते काठमाडौंका प्रकाशन सँस्था शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले कथामा नया“ प्रयोग आफुले नमस्ते काठमान्डूमा पाएको बताए । पटक्कै अश्लिल नभएको नविन र प्रयोगबादी कथा भएकै कारण क्षत्रीको यो कथा संग्रह आफुले प्रकाशन गरेको उनले बताए । पाठकबाट सोचे भन्दा राम्रो प्रतिक्रिया आएको जानकारी गराउँदै बिक्री पनि उत्साहजनक रुपमा भएको पौडेलले जानकारी गराए ।

दुई सय ४० पृष्ठको संग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैया“ राखेको पनि प्रकाशक पौडेलले जानकारी दिए । चलचित्र पत्रकार संघ मकवानपुरद्धारा शनिबार दिउँसो आयोजित अन्तरक्रिया कार्यक्रममा हेटौंडाका लागि पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं र चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले नमस्ते काठमान्डूको विशेष लोकार्पर्ण गरेका थिए ।

 

प्रतिक्रिया