अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

माओवादीको चुनावी र्‍याली नजिकै बम विस्फोट हुँदा ७ जना घाईते

बिआरटीनेपाल २०७४ असार ११ गते ९:०९ मा प्रकाशित

नवलपरासीको सुनवल नगरपालिकामा बम विष्फोट भएको छ । दिउँसो ३ बजेतिर भएको विष्फोटमा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुहरि कोइरालाले जानकारी दिए ।

नजिकै नेकपा माओवादीको र्‍याली चलिरहेकोले सोही र्यालीलाई लक्षितगरी बम विष्फोट गराईएको हुनसक्ने प्रहरीको आकलन छ । तर यो घटना कसले र किन गरायो भन्नेबारे भने थप जानकारी प्राप्त नभईसकेको कोइरालाले जानकारी दिएको छ । घटनामा घाइते भएका मध्ये दुईको अवस्था गम्भीर छ ।

नेपाली कांग्रेसको चुनावी र्‍याली सकिएपछि माओवादीको र्‍याली आएको बेला बम पड्किएको थियो । माओवादीको र्‍याली भन्दा पछाडि एमालेको र्‍याली थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू