अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

पकिस्तानको तेल ट्यांकरमा आगलागी हुँदा मृत्यु भएका १२३ जनाको शव डिएनए परिक्षणद्वारा पहिचान गरिदैं

बिआरटीनेपाल २०७४ असार ११ गते ५:०९ मा प्रकाशित

पाकिस्तानको बहावपुर शहरमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु भएको छ भने ७५ जना भन्दा बढी घाइते भएका छन् ।
पाकिस्तानी अनलाइन डनका अनुसार ट्यांकरबाट तेल चुहिएको खबरपछि ठूलो संख्यामा महिला र बालबालिका तेल जम्मा गर्न गएको अवस्थामा आगलागी भएको हो ।

आगलागीमा मृत्यु भएकाहरुको अनुहार चिन्न सकिंदैन । उनीहरुको डीएनए परीक्षणको तयारी भइरहेको र घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

दुर्घटनामा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू