अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

पूर्व युवराज पारस शाह गल्फमा

बिआरटीनेपाल २०७४ असार १० गते २०:४१ मा प्रकाशित

हिमालयन बैंक गल्फ प्रतियोगिताको उपाधि विजेतालाई पूर्व युवराज पारस शाहले पुरस्कार वितरण गरेका छन्। प्रतियोगिताका विजेतालाई शनिबार पूर्व युवराज शाहले पुरस्कार दिएका हुन्।  प्रतियोगिताको उपाधि ध्रुव थापा र प्रतिमा शेर्पाले जितेका छन् ।

पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ ध्रुवले ४० अंक जोडे। महिलामा नेपालकी नम्बर एक महिला गल्फर शेर्पाले ३६ अंक बनाएकी थिइन्। स्टेबलफोर्ड ३-४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा ३८ अंक बनाएका जीवन लिम्बू दोस्रो भए। बेस्ट ग्रोसको उपाधि आङनोर्बु शेर्पाले जिते। काउन्ट ब्याकका आधारमा च्याम्पियन बनेका शेर्पाले ३२ अंक बनाएका थिए।

महिलातर्फ ३४ अंक बनाएकी पवित्रा याकथुम्बा दोस्रो भइन्। सिनियर (६० वर्षमाथि) तर्फ शशिविक्रम सिंह पहिलो भए। सिंहले ३७ अंक बनाएका थिए। ३६ अंक बनाएका गौतम सायमी दोस्रो भए। सुपर सिनियर (७० वर्षमाथि)को उपाधि मनिप्रसाद राईले जिते। राईले ३० अंक बनाएका थिए। पाहुना गल्फरको पुरस्कार पृथ्वी मल्लले जिते। मल्लले ३६ अंक बनाएका थिए। ३५ अंक बनाएका कञ्चन बस्नेत दोस्रो भए। हिमालयन बैंकतर्फ ३४ अंक बनाएका समीर आचार्य पहिलो भए। जुनियरतर्फ विनोद तामाङ पहिलो र शाश्वत प्रधान दोस्रो भए।

मोस्ट बर्डीको पुरस्कार मिथुन राईले जिते। राईले चार वर्डी हानेका थिए। लंगेस्ट ड्राइभको उपाधि शैलेष सांघाईले जिते। क्लोजेस्ट टु द पिनको पुरस्कार स्वदेश गुरुङले पाए। विजेतालाई पूर्वयुवराज पारसविक्रम शाह, हिमालयन बैंकका अध्यक्ष हिमालयशमशेर राणा, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, पूर्वअध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका हुन्।अन्नपुर्ण पोष्टमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू