अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

नेपाली पाठशालाको पाठ्यक्रम विकासका लागि समिति गठन

बिआरटीनेपाल २०७४ असार १० गते ६:३१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली पाठशालाको पाठ्यक्रम विकासका लागि एक समिति गठन गरेको छ । पुष्पराज पौडेल संयोजक रहनु भएको सो समितिमा डा. लक्ष्मीनारायण ढकाल, श्री श्यामल अधिकारी, डा. ऋषि बस्ताकोटी र डा . चुडामणि खनाल सदस्यमा रहनु भएको छ । समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा सो निर्णय भएको हो ।

समितिले विश्वका विभिन्न स्थानमा सञ्चालन भैरहेका पाठशालाहरुलाई सहयोगार्थ निःशुल्क रूपमा प्रदान गर्ने गरी एकरुपता प्रदान गर्न सजिलो हुने र पाठशालाहरु उच्चस्तरमा सञ्चालन गर्न सहयोग पुग्ने जनाइएको छ । यस पाठ्यक्रमको आधारमा पाठशालाहरु सञ्चालन गर्दा विद्यार्थीहरूले सजिलै नेपाली अक्षर र अङ्कको सुनाई, बोलाई, पढाई, लेखाई, नेपाली भाषा र साहित्यको चिनारी, अंकगणित, नेपाली संकृति र चाडपर्व लगायत व्यक्तित्व र सांस्कृतिक ज्ञान प्रदान गर्ने छ । यसका अतिरिक्त पाठ्यक्रममा पाठ्यसामग्रीहरुको विवरण, पाठ योजना, स्थानीयस्तरमा ज्ञानबर्धक शैक्षिक तथा सामाजिक दृश्यावलोकनहरु पनि समावेश गरिने छ । यसबाट नेपाली भाषाका पाठशालाहरु सञ्चालन गर्न इच्छुक र पाठशालाहरु सञ्चालन गरिरहेका अनेसासका निकाय लगायत एनआरएन, भुटानी नेपाली समुदाय र अन्य सङ्घ संस्थाहरूले पनि सो पाठ्यक्रम निःशुल्क रूपमा नमुनाको रूपमा प्रयोग गर्न सकिने र ती सङ्घ संस्थाहरूलाई पाठ्यक्रम तर्जुमा गरिरहने झन्झट नहुने विश्वास लिइएको छ । यही डिसेम्बरसम्ममा नेपाली पाठशालाको पाठ्यक्रमको तर्जुमा गरिसक्ने पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू