अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

‘आयो रे आयो’मा प्रियंका कार्कीको रोमान्स गोर्खाली ठिटोसँग (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार १० गते ६:०१ मा प्रकाशित
काठमाडौं – पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् । उनको फरक फरक अभिनय रहेको म्युजिक अहिले सार्वजनिक भइरहेका छन् । यस्तैमा प्रियंका अभिनित अर्को   ‘आयो रे आयो।।’बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
 भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल ज्योत्सना योगीले निकै नै तारिफ योग्य अभिनय  गरेका छन् । भिडियोमा प्रियंका  र मोडल ज्योत्सना योगीका अलावा गोर्खाली ठिटोजको पनि आर्कषक अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा छायांकन बुद्ध थापा र रुपेश थापाको रहेको छ । जुन भिडियोले रिलिज भएदेखि नै राम्रो चर्चा पाईरहेको छ ।

प्रतिक्रिया