अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

संघीय फोरमका मेयर उम्मेदवार राईनमाथी आक्रमण

बिआरटीनेपाल २०७४ असार १० गते ६:२० मा प्रकाशित

संघीय समाजवादी फोरमबाट नेपालगन्जका मेयरका प्रत्यासी कमरुद्दिन राईनमाथी आक्रमण भएको छ । मेयरका प्रत्यासी राई चढेको गाडीमा शुक्रबार राति नेकपा एमालेको पार्टी कार्यालय नजिकै आक्रमण भएको हो ।

मुखमा नकाप बाँधेर मोटरसाईकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध ईटाले हान्दै राईमाथि दुव्र्यबहार गरेको फोरम बाँकेले जनाएको छ । ईटा प्रहारबाट बा.९च ६५२९ नंको गाडीको सिसा फुटेपनि राईलाई चोटपटक लागेको छैन । संघीय फोरमले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ । आक्रमण हुँदा राई र उनका ड्राईभर गाडीमा थिए । उनीहरु चुनावी प्रचार–प्रसार सकेर जमुनाहास्थित घरतर्फ जाँदै गर्दा आक्रमण भएको हो ।

आक्रमण गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन् । आक्रमण र दुव्र्यबहारविरुद्ध संघीय समाजवादी फोरमका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबारै राति नाराजुलुससहित त्रिभुवन चोकमा विरोध सभा आयोजना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेका थिए । सघिय समाज वादी फोरम नेपालका जिल्ला बाँकेका प्रवता समसुल हक राईले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू