अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

कोलोराडोका गीतकार मणीराज बस्नेत आफू हारेर पनि जित्दै छन् दर्शक श्रोताको मन

बिआरटीनेपाल २०७४ असार ९ गते १३:२७ मा प्रकाशित

गीतकार मणीराज बस्नेतको शब्द रचनामा गायक हेमन्त शर्माको स्वर तथा बिबि अनुरागीको सङ्गीत रहेको “हारेँ आज म तिम्रो सामु हारेँ” बोलको गीत युटुबमा सार्वजनिक भएको छोटो समयमा नै सर्वाधिक चर्चामा रहेको छ। “पीडा”, “फाटेको मन” र “प्रवासी मन” जस्ता सफल एल्बमहरु बजारमा ल्याईसकेका गीतकार मणीराज बस्नेतको चौथो गीती सङ्ग्रह “मणी” मा समावेश हुने यो गीत हाल युटुबबाट सार्वजनिक गरिएको छ।

परदेशमा रहेर पनि विभिन्न गीतहरू मार्फत नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल गीतकार मणीराज बस्नेत विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेका छन्।

लाखौँ दर्शक श्रोता हरुको माया पाएका गीतकार बस्नेतले अहिले अलि फरक खाले माया प्रेम सम्बन्धी गतिविधिलाई सोही अनुरूपको शब्द समावेश गरी “हारेँ आज म तिम्रो सामु हारेँ ” बोलको गीत ल्याएका हुन् । यस गीतको भिडियो सुरज सिंह ठकुरीले निर्देशन गरेका छन् भने चर्चित नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

उक्त गीतको भिडियो गायक हेमन्त शर्माको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको र गीतलाई लाखौँ दर्शक श्रोताले मन पराइ रहेका छन् । युटुबमा सार्वजनिक भएको एक महिना नहुँदै झन्डै ४ लाखको हाराहारीमा दर्शकहरूले उक्त गीतको भिडियो हेरिसकेका छन् ।

प्रतिक्रिया