अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

सुरज लामिछानकोे ‘हाँस्न पनि गाह्रो भयो’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार ९ गते ७:३१ मा प्रकाशित

सुरज लामिछानेको ‘हास्न पनि गाह्रा भो, रुन झन सारो भो……सार्वजनिक भएको छ । यस भन्दा अघि ‘चञ्चले चञ्चले….बोलको गीत लेखेर स्रोता–दर्शकमाझ आफ्नो परिचय बनाएका लामिछानेले यो वियोगान्तक गीत लिएर आएका हुन् ।

हिमाल सागरको स्वरमा रहेको यो गीतमा बिक्रम थापाको सङ्गीत रहेको छ ।  युट्युव मार्फत सार्वजानिक गीतको भिडियोमा सन्तोष, रमेश, अक्ष्यतालगायतका कलाकारलाई फिचरिङ गरिएको छ । यादब पुडासैनीले निर्देशन गरेको भिडियोमा सुरेश बज्रचार्यले छायाँकन गरेका छन् । थुप्रै गीत लेखका सुरजले ओम प्रतिक निर्देशकमा बनिरहेको चलचित्र ‘बटर फलाई’का लागि पनि गीत लेखेका छन् जसमा गायक सिमान्त सन्तोष लगायतका स्वर दिएका छन् ।

 

प्रतिक्रिया