अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

वेलायतमा बस्दै आएका गीतकार नृपेस उप्रेतीको ‘यस्तो माया’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार ९ गते ६:२४ मा प्रकाशित

पछिल्लो समयका व्यस्त गीतकार नृप्रेस उप्रेतीको शब्दमा रहेको ‘यस्तो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी वेलायतमा बस्दै आएका गीतकार उप्रेतीको शब्दमा अर्जुन पोखरेलले सहकार्य गरेका हुन् ।

वेलायतवासी नेपाली पवन शर्मा तथा नम्रता श्रेष्ठलाई म्युजिक भिडियोमा देख्न सकिन्छ । दुर्गा खरेल तथा फिरोज बस्नेतको स्वरमा रहेको रोमान्टीक गीतको निर्देशक सुव्रत आचार्यले गरेका हुन । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतको म्युजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् ।

संगीतकार पोखरेलले आफु यस गीतवाट निकै आशावादी भएको वताए । “चलचित्र ‘म यस्तो गीत गाउछ’ु का गीतहरु दर्शकहरुले मलाई मन पराईदिनुभएको छ । यस चलचित्रका गितहरुले मलाई धेरै दर्शकको माया र हौशला दिएको छ ।” संगीतकार पोखरेलले थपे –“यस गीतवाट दर्शकको माया थप हुनेमा आफु आशावादी छु ।” म्युजिक भिडियोलाई द डिभाईन युवटुव च्यानलवाट सार्वजनिक गरीएको छ ।

 

प्रतिक्रिया