अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

बन्दुकधारीद्वारा विद्यालय कब्जा गरी बालबालिका बन्धक

बिआरटीनेपाल २०७४ असार ८ गते १९:०९ मा प्रकाशित

मारावी (फिलिपिन्स),  । फिलिपिन्सको एक विद्यालयका कैयौँ विद्यार्थीलाई यहाँका हतियारधारीले बन्धक बनाएको खबर छ ।

सो जानकारी फिलिपिन्सको सेनाले बुधवार दिएको हो । बुधवार विद्यार्थीहरू विद्यालयमै रहेको मौकामा बन्दुकधारीले बन्धक बनाएको समाचारमा जनाइएको छ ।

फिलिपिन्सको सशस्त्र इस्लामिक समूहले एक प्राथमिक विद्यालयका साना नानीबाबुहरुलाई बन्धक बनाएको यहाँको सेनाले जनाएको हो ।

फिलिपिन्सको दक्षिणी भागमा अवस्थित एक ग्रामीण क्षेत्रको प्राथमिक विद्यालयलाई नै उनीहरूले नियन्त्रणमा लिएका छन् । विद्यालय बाहिर ठुलो सङ्ख्यामा हतियारधारीहरु रहेका बताइएको छ ।

बालबालिकालाई बन्धक बनाएको समाचार सेनाले दिएको छ । तर सो विद्यालयमा के कति विद्यार्थी छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यसअघि सयौँको सङ्ख्यामा आएका हतियारधारीले सो विद्यालयभन्दा केही पर रहेको एक सैनिक पोस्टमा हमला गरेका थिए । उनीहरूले त्यहाँ थुनामा रहेका केही व्यक्तिलाई निकालेर लगेका छन् ।

त्यसपछि उनीहरू सो विद्यालयमा हमला गर्न पुगेका थिए । यस विषयमा थप समाचार केही दिइएको छैन । विद्यार्थीलाई सकुशल रिहा गर्न सुरक्षाकर्मीले पहल थालेका बताइएको छ ।

बुधवार निकै लामो समयसम्म पनि उनीहरूलाई मुक्त गर्ने विषयमा सेनाले परामर्श गरिरहेको छ । तर पनि निष्कर्ष भने निस्किएको छैन । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू