अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

चन्द्रागिरी हिल्सको प्रवद्धनात्मक भिडियो सार्वजनिक समारोहका झलकहरु

बिआरटीनेपाल २०७४ असार ८ गते ०:३६ मा प्रकाशित

ऐतिहासिक र धार्मिक महत्व बोकेको चन्द्रागिरी हिल्सको प्रचार प्रसार र प्रवद्धनमाथी बनेको टेलिभिजन विज्ञापन भिडियो सार्वजनिक गरिएको छ । बुधवार चन्द्रागिरी हिल्समा बिषेश समारोहको आयोजना गरि कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिका बिच चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा चन्द्रागिरी हिल्सको प्रवद्धनात्मक भिडियो सार्वजनिक गरिएको हुन् ।

दिनेश डीसीको निर्देशन तथा परिकल्पना रहेको सो भिडियोमा महजोडी कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथसाथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ भने बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको छ ।

प्रवर्द्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका ख्यातीप्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए भने संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पुर्यालउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनागर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।

संचालक अम्बिका प्रसाद पौडेलले स्वागत मन्तब्य सहित चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पारेका थिए ।

विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफूहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए ।

कार्यक्रममा सहभागी हुन चन्द्र्रागिरी जाने सञ्चारकर्मीका लागि छुट्टा छुट्टै स्थानबाट गाडीको ब्यवस्था गरिएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया