अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

साताको ब्यङ्ग्य

पुष्कर बराल २०७४ असार ७ गते २२:५९ मा प्रकाशित

१-

फ्लप मात्रै खान्छन हाम्रा अनुमान हरुले
समाज साह्रै बिगारे हो यी हनुमान हरुले,
करोडौ झ्वाम पारे, बाहिर अर्कै स्वाङ पारे
जुका जस्तो ढाडिए गरिबका अनुदान हरुले

२-पहिलो पल्ट भेट्दा सत्कार गर्छन्
सानो तिनो कहिले परोकार गर्छन्
मान्छे कति सम्म दानव भयो, कठै!!
तलब लिन बोलाई बलात्कार गर्छन्