अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

सुप्रसिद्द गायक सिताराम पोखरेल विश्व सङ्गीत दिवसमा उपराष्ट्रपति बाट सम्मानित

बिआरटीनेपाल २०७४ असार ७ गते २२:५१ मा प्रकाशित

सुप्रसिद्द गायक सिताराम पोखरेल विश्व सङ्गीत दिवसमा आयोजित कार्यक्रममा उपराष्ट्रपति बाट सम्मानित भएका छन् l नेपाल साङ्गीतिक सङ्घको आयोजनामा विश्व सङ्गीत दिवसको अवसरमा गरिएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले सुप्रसिद्द गायक सिताराम पोखरेललाइ सम्मान गरेका थिए l नेपाली कला, सस्कृति, साहित्य सङ्गीत क्षेत्रमा प्रत्यक्ष रूपमा राष्ट्रलाई पुर्याएको योगदान तथा निरन्तर रूपमा नेपाली साङ्गीतिक क्षेत्रमा लागी परेर नेपाली सङ्गीतको अभिभावक बनेर साङ्गीतिक फाटको एक धरोहर बन्दै नेपाली साङ्गीतिक क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएकोमा सुप्रसिद्द गायक सिताराम पोखरेललाइ सम्मान गरिएको थियो l

सदाबहार गीत आखाको नानी हौ तिमि भन्ने गीत गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गीत गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर साङ्गीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन् l निरन्तर सङ्गीत सधानामा नै लागेर उनले नेपालमा मात्र नभएर देश विदेशमा समेत चर्चा कमाइ सकेका छन् l


सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि भर्खरै मात्र अमेरिका,सिंगापुर, मलेसियामा सम्मान ग्रहण गरेका पोखरेलले नेपाल पत्रकार महासङ्घ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री सङ्घ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल सङ्गीत कलाकार सङ्घ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाईसकेका छन् l गायन सँगै समाजसेवामा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनी पनि छन् l

प्रतिक्रिया