अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

भवन भट्टले लाप्राकको परियोजना सम्पन्न नहुन्जेल सम्म ट्याक्टर उपलब्ध गराउने

बिआरटीनेपाल २०७४ असार ७ गते २२:४२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष भवन भट्ट एन आर एन ए अभियानका एक जना युवा अभियनता हुन । उनी जापानमा बसोबास र व्यवसाय मात्र गर्दैनन् । उनको जापानमा करिब २९० वटा रेष्टुरेण्टहरु सञ्चालनमा छन् । उनको कम्पनी टिबीआई ग्रुप फुड एण्ड बेभरेजमा जापानको टप टेन भित्र पर्दछ । उनी नेपालमा लगानी गर्ने एन आर एन ए हरू मध्ये टप फाईभ भित्र पर्दछन । वार्षिक ५० करोड भन्दा बढी राजश्व तिर्नेमा पनि उनको कम्पनी पर्दछन । उनको नेपालमा स्टार गोल्ड वियर, धुलिखेल रिसोर्ट, कारोबार दैनिक पत्रिका, बि बि होलिडेज लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ । उनी व्यवसाय सँग सँगै सामाजिक कार्यमा पनि सक्रिय छन् बि बि ट्रष्टको नाम बाट । उनी पूर्व उद्योगमन्त्री यदु प्रसाद भट्टका माहिला छोरा हुन । हाल गैर आवासीय नेपाली सङ्घले निमार्ण गरी रहेका नमुना बस्ती गोर्खा जिल्लाको लाप्राक गुप्सी पाखा पनि उनकै बाबाको निर्वाचन क्षेत्र भित्र पर्दछ ।

सानै देखिन व्यसायीक र सामाजिक स्वभावका भवन भट्टले जापानमा रेष्टुरेण्टको भाडां माझेर सुरुवात गरेका हुन । व्यवसाय, सामाजिक गतिविधिका साथ साथीभाईहरु सगं अति नै नजिक हुने स्वभावका उनी काम र मनोरञ्जनलाई उतिकै महत्त्व दिन्छन । युवा एन आर एन ए हरुमा निकै लोकप्रिय रहेका भवन भट्ट साथीभाइले भनेको कुरा नाई भन्न नसक्ने उनको स्वभावमा उनी निकै रमाउछन । नेपाल र नेपाल बाहिर परोपकारी कार्यमा पनि उनी टप फाइभमा पर्दछन । सम्भवत उनी एन आर एन ए मा सस्ंथापक अध्यक्ष डा. उपेन्द्र महतो पछिका हुन ।

गैर आवासीय नेपाली सङ्घले भूकम्प पीडितका लागी एक हजार घर बनाउने कुरा यिनैले प्रस्ताव गरेका हुन । जसलाई अध्यक्ष घले मात्र होइन सम्पूर्ण एनआरएनहरुले यसलाई एनआरएनएको महत्वकाँक्षी परियोजनाका रूपमा लिइयो । हाल त्यसै अन्र्तगत लाप्राकमा ५७३ वटा घर सहितको सुविधा सम्पन्न नमुना बस्ती निमार्ण भई रहेको छ । जसको नेतृत्व अध्यक्ष घले आइृ सी सी सदस्य जमुना गुरुङ्गले लिई रहेका छन् । अध्यक्ष घले दम्पति आजकाल अधिकाशं समय लाप्राक मै बिताउछन । यसै परियोजनाका लागी उपाध्यक्ष भवन भट्टले महत्त्वपूर्ण र कष्टकर रहेको ढुवानीमा सहयोग पु–याउने उद्देश्यले परियोजना अनत्य नहुन्जेल सम्म रहने गरी भवन भट्ट नाम रहेको ट्रयाक्टर उपलब्ध गराएका छन् । सोको हस्तान्तरण परियोजनाका नेतृत्वकर्ता अध्यक्ष घले दम्पतिलाई लाप्राकमा आफै सडक मार्ग हुँदै पुगे । उनले लाप्राकमा रहदा २५ देशबाट आएका स्वयम सेवक, नेपाली सेना लगायत एन आर एन ए टोली सगं सँगै स्वयम सेवक कार्यमा सक्रिय रहे । परियोजनाकै सुरुवातमा पनि दुई जना स्वयम सेवक परियोजना सम्पन्न नहुन्जेल सम्मका लागी प्रायोजन गरेका थिए ।
अध्यक्ष घले दम्पतीद्वयको लाप्राक प्रतिको लगन, मिहेनतका हरेक पाइलामा साथ दिनेहरुमा भवन भट्ट पनि एक पर्दछन । त्यस्तै अमेरिकाज् सयोंजक सोनम लामा, आई सी सी सल्लाहाकार त्रिलोक गुरुङ्ग, संरक्षक दिल गुरुङ्ग, परियोजनाका सदस्य श्याम तामाङ्ग अग्र पक्ँितमा पर्दछन । उपाध्यक्ष भट्ट एन आर एन ए को अर्को महत्वकाँक्षी परियोजनाका संयोजक पनि हुन । नेपालमा पर्यटक भित्रयाउने मुख्य लक्ष्य रहेको यस कमीटिले नमस्ते अभियान लगायत विभिन्न गतिविधि नेपाल र नेपाल बाहिर गरी रहेका छन् । यसै हप्ता मात्रै पनि उनले नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमान स्थलका सरसफाइ गर्ने कार्यक्रम सम्बन्धी सम्झौता पत्रमा एन आर एन ए का तर्फबाट उपाध्यक्ष भट्ट र विमान स्थलका पदाधिकारी बिच हस्ताक्षर भएको छ । यही जुन २९ बाट विमान स्थल सरसफाइ गर्ने कार्यको थालनी गरिने छ । उक्त थालनीमा संरक्षक दिल गु्रुङ्ग, अमेरिकाज् संयोजक सोनाम लामा, संचारकर्मी राजेन्द्र भट्ट लगायत उपाध्यक्ष भट्ट स्वयम उपस्थित हुने छन् । अध्यक्ष घले दम्पति व्यावसायिक कार्यले गर्दा उपस्थित हुन नसक्ने भएकाले उपाध्यक्ष भट्टले नेतृत्व गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू